पदम जोरा,जोगबुडा
डडेल्धुराको भित्रीमधेस निर्माण व्यवसायी संघ जोगबुडाले चौथो चुनावी साधारण सभा सम्पन्न भएको छ ।
शनिवार उद्घाटन भएको तेस्रो र चौथो सयुक्त चुनाबी साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ नेतृत्व चयन संगै अध्यक्षमा संघका महा–सचिव तथा परशुारम नगरपालिका वडा.न १ का वडा अध्यक्ष शेर सिंह बोहरा (रोशन) सर्वसम्वत चयन भएका छन ।
संघका अध्यक्ष डम्बर सिंह बिष्टको अध्यक्षतामा उद्घाटन भएको साधारण सभाका प्रमुख अतिथी परशुराम नगरपालिका वडा.न १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी रहनु भएको थियो ।
विशिष्ठ अतिथीहरुमा निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष जय बहादुर ऐर ,नेपाल कम्युनिष्ठ पार्टी एमालेका परशुराम अध्यक्ष शेर बहादुर ठगुन्ना, नेपाली काँग्रेस परशुरामका सभापती शेर बहादुर धामी र नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्र परशुरामका अध्यक्ष शेर सिंह माल डायमण्ड थिए ।
