भित्रीमधेस निर्माण व्यवसायी संघ द्वारा बोहरा र नगरपालिका सम्मानीत

पदम जोरा,जोगबुडा

डडेल्धुराको भित्रीमधेस निर्माण व्यवसायी संघ जोगबुडाले चौथो साधारण सभाको अवसरमा संघका संस्थापक अध्यक्ष तारी सिंह बोहरा र परशुराम नगरपालिका लाई सम्मान गरेको छ ।
शनिवार जोगबुडामा उद्घाटन भएको तेस्रो र चौथो सयुक्त चुनाबी साधारण सभाले बोहरा लाई सम्मान–पत्र, दोसल्ला ओडाई सम्मान गरेको हो ।
जनसंख्या र भुगोलका आधारमा ठूलो भित्री मधेस क्षेत्रका निर्माण व्यवसायीहरुको हकहित संरक्षण, निर्माण क्षेत्रलाई गुणस्तरीय वनाउनका लागि २०७३ सालमा संघको स्थापना गरि यस क्षेत्रका निर्माण व्यवसयीरुहलाई गोलबद्व गर्नमा महत्वपुर्ण भुमीका खेलेको भन्दै वोहरालाई साधारण सभाले सम्मान गरेको अध्यक्ष डम्बर विष्टले जानकारी दिए ।
त्यसै गरी आर्थिक वर्ष २०७७÷०७८ मा संघको भवन निर्माणका लागि परशुराम नगरपालिकाले आवश्यक बजेट विनियोजन गरि सहयोग गरेकाले नगरपालिकालाई समेत सम्मान–पत्र द्वारा सम्मान गरिएको हो ।
परशुराम नगरपालिका वडा.न १२ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मार्फत परशुराम नगरपालिका लाई सम्मान गरिएको संघ का सचिव कृष्ण धामी गाउँघरन्यूज लाई जानकारी दिए
संघका अध्यक्ष डम्बर सिंह बिष्टको अध्यक्षतामा उद्घाटन भएको साधारण सभाका प्रमुख अतिथी परशुराम नगरपालिका वडा.न १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी रहनु भएको थियो ।
विशिष्ठ अतिथीहरुमा निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष जय बहादुर ऐर ,नेपाल कम्युनिष्ठ पार्टी एमालेका परशुराम अध्यक्ष शेर बहादुर ठगुन्ना, नेपाली काँग्रेस परशुरामका सभापती शेर बहादुर धामी र नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्र परशुरामका अध्यक्ष शेर सिंह माल डायमण्ड थिए ।
शनिवार नै तेस्रो र चौथो सयुक्त चुनावी साधारण सभाको बन्द सत्र सञ्चालन हुने र वन्द सत्रवाट नयाँ नेतृत्व चयन हुने संघका महा–सचिव शेर सिंह बोहराले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि अध्यक्ष डम्बर सिंह विष्ट दोहोरीने की महा–सचिव शेर सिंह बोहरा(रोशन) नेतृत्वमा आउने चर्चा चलिरहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.