पदम जोरा,जोगबुडा
डडेल्धुरा : परशुराम नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ वार्षिक समिक्षा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा भए गरेका बिकास, निर्माण, योजना, बित्तिय, समानीकरण, भौतिक पुर्वाधारको प्रगती, समस्या, चुनौती र उपलब्धी विषयक समिक्षा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले गाउँघरन्यूज लाई जानकारी दिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भीम वहादुर साउँद को संयोजकत्वमा वार्षिक समिक्षा उद्घाटन भएको हो ।
आर्थिक बर्ष २०७७/०७८ मा भए गरेका र अधुरा ,अपुरा काम तथा विकास लाई गति दिन र आर्थिक वर्ष २०७८/०७९ प्रगती ८५ प्रतिशत वाट बढाई ९५ प्रतिशत पुगाउनका नगरपालिका लागि परेको उनले वताए ।
यो नगर पालिकाको वार्षिक कार्यक्रम हो । चौमासिक रुपमा सार्वजनिक सुनवाई गर्नु पर्ने हुन्छ तर केही वर्ष यता कोरोना कहरले सम्भव नभएको उनले सुनाए ।
आगामी आर्थिक वर्षमा नगरपालिका व्यवस्थीत , चुस्त तवरवाट अगाडी बढ्छ, कर्मचारी वाट अर्थात प्रशासनवाट नागरिकलाई बढि भन्दा बढि सेवा दिन्छौ ।
समयमै लक्षित कार्यक्रम , योजना, विकास निर्माणमा नगरपालिका लाग्ने समेत उनले वताए ।
यति मात्रै नभई चौमासिक रुपमा प्रगती, समस्या चुनौती सार्वजनिक गर्न सार्वजनिक सुनवाई समेत गरिने पनेरुको भनाई छ ।
कोरोना कहरका वावजुत पनि नगरपालिकाले ८५ प्रतिशत प्रगती गरेको सुनौलो पक्ष हो । अझै बिषयगत साखावाट जिम्मेवारी ,कर्तव्यपरायण भए आर्थिक वर्ष २०७८/०७९ मा प्रगती शतप्रतिशत पुगाउन सकिन्छ ।
आर्थिक वर्षको सुरु वाटै नगरपालिकाका विषयगत साखा र मातहतका कर्मचारीहरुलाई कार्यसम्पादनका लागि प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले निर्देशन समेत दिएका छन ।
२०७६ साल देखी दुई चरणमा फैलिएको कोरोनाले प्रगतीमा कठिनाई आएको भए पनि सबै क्षेत्रको साथ सहयोगले ८५ प्रतिशत प्रगती पुगेको उनको धारणा रहेको छ ।
