एकाएक भीमदत्त पन्तले
वर्षौ अधि गल्लेकमा काटिएको
आफ्नो शीर खोजे
निरंकुश बर्वर तानाशाहीको अधि
नझुकेको शीर गल्लेकबाट हरायो
वर्वरिकले युद्ध मोर्चाको
कथा भने जस्तै
ईर्ष्या ले फुटाइएका आँखा
भाचिएका बङ्गरा
चिथोरिएको अनुहार भएको
भीमदत्त पन्तको शीर
टुडिखेलमा गीर खेलेको भन्थे
त्यस पछि हरायो
भोक,रोग गरीबी ब्याप्त थियोे
अशिक्षा ,पछौटेपन
भूमि माथी द्वैध स्वामित्व
जमिनदार ,साहुकारको बिगबिगी
साहुका तमसुक च्याती बिद्रोहको
शंखनाद गरेका भीमदत्तले
नव साहुकार नवसामन्तको
शोषण पहिले भन्दा बढी देखे
जय जनता जय किसान हैन
बलिया,मोटाघाटको जयजय छ
न्याय हराउदै जादा
दण्डहीनता मौलाएको छ
ब्रह्मदेव मण्डी मात्र होइन
घर घरमा नुनको अभाव छ
भनी सक्नु छैन
सामाजिक विभेद
जिउकातिउ छ
गरीवको हुनाउ आयो
ठालुको काल आयो भन्थे
नया आवरण ठालु उदाएका छन
सत्य बोल्न त्यही शीर चाहिएको छ
निमुखाले बोल्ने मान्छे खोज्दै गर्दा
स्वयं भीमदत्त पन्तले
न्याय,स्वतन्त्रता ,स्वाधिनता ,लोकतन्त्र
समानताका लागि बोल्न
आफ्नै शीर खोजे
कैलासकुमार पाण्डेय
परशुराम डडेल्धुरा
