काँग्रेस भागेश्वरको पालिका सभापतिमा उपेन्द्र जोराको चर्चा

पदम जोरा, डडेल्धुरा

नेपाली काँग्रेस डडेल्धुराको सातौ जिल्ला अधिबेसन नजिकै जादा नेता कार्यकर्ताहरुमा कौतुहलता बढेको छ ।
केन्द्र, प्रदेश, क्षेत्र ,जिल्ला, नगर , गाउँ वडाहरुको सवल र सक्षम नेतृत्व हुन पर्ने बहस समेत बढेको हो ।
सातौं जिल्ला अधिबेसनमा जिल्ला सभापतीका लागि महासमिति सदस्य तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद र जिल्ला कार्य समिति उप–सभापती करुणाकर भट्ट को नाम चर्चामा आई रहेका वेला गाउँ, वडा,टोल बस्तीमा समेत आकाक्षी र नेतृत्वकालागि पदमको कसरत सुरु भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुराका ७ स्थानीयतहका ५२ वटै वडाका कृयाशिल सदस्य देखी कार्यकर्ताहरुमा अधिबेसन रौनकता छाएको छ ।
वडा, गाउँ, नगर , क्षेत्र, जिल्ला , प्रदेश र केन्द्रमा सवलर सक्षम नेतृत्व चुन्नु पर्नेमा अहिले बहस र छलफल सुरु भई रहेका छन ।
केन्द्रीय सभापती शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत सवल र सक्षम नेतृत्वका लागि कसरत सुरु भएको छ ।
क्षेत्र (क) को परशुराम नगरपालिकामा नगर सभापतीका लागि ७ जना आकाक्षी को नाम सार्वजनिक भएको छ, भने आलिताल गाउँपालिकामा पनि सभापती चन्द्र देब बोहरा नै दोहोरीने की नयाँ अनुहार आउने भन्ने सार्वजनिक भएको छैन ।
जिल्लाको भागेश्वर गाउँपालिकामा पनि गाउँपालिका सभापतीका लागि अहिले सम्म तिन जना आकाक्षी देखीएका छन ।
काग्रेस युवा नेता उपेन्द्र जोराको नाम मुख्य चर्चामा रहेको पाईन्छ । उद्योग वाणिज्य संघ डडेल्धुरा सदस्य समेत रहेका लाल बहादुर मडै र भागेश्वर गाउँपालिका वडा.न. ३ का वार्ड सभापति डम्बर राज जोशीको नाम पनि आकाक्षीमा रुपमा सार्वजनिक भइ रहेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्षको टिकट सार्वजनिक भएको उपेन्द्र जोरा लाई न्याय दिनु पर्ने अधिकान्स नेता तथा कार्यकर्ता तथा कृयाशिल सदस्यहरुको माग रहेको छ ।
लामो समय देखी तरुणदलको नेतृत्व सम्हालेका उपेन्द्र जोराको पक्षमा कार्यकताहरु सकृय देखीएका छन ।
तिन दशक देखी नेपाल बिद्यार्थी संघ हुदै तरुण दल साबिक रुपालको संयोजक र पार्टीको जिम्मेवारीमा समेत उनको योगदान रहेको छ ।
भागेश्वर गाउँपालिका वडा.न २ को अशिग्राम मा.बि.को पुर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भई सामाजिक सेवा तल्लीन उपेन्द्र जोरा लाई भागेश्वर गाउँपालिका सभापती बनाउने अधिकान्स काँग्रेस कृयाशिल सदस्यहरुको चाहना रहेको छ ।
गाउँपालिका सभापतीमा ५ वटै वडामा सम्पुर्ण कृयाशिल सदस्यहरुले न्याय दिएमा युवा, महिला, दलित , अल्पसंख्यक, जनजाती जेष्ठ काँग्रेस सदस्यहरुलाई समेत सम्मान पुर्वक समेटी सल्लाह, सुझावका सहकार्यका साथ काँग्रेस बलियो वनाउने अभियानमा जुट्ने मेरो दृढ संकल्प रहेको सभापतीका आकाक्षी उपेन्द्र जोराले गाउँघरन्यूजलाई जानकारी दिए ।
तपाईको उमेदवारी किन ?
१) तिन दशक देखी पार्टीको विधान अनुसार माथिल्लो निकायका नेताहरुले दिएको जिम्मेवारी पार्टीको सिपाईको रुपमा पुरा गरि रहेको छु ।
२) २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका उपाध्यक्षमा टिकम सार्वजनिक भएको भएपनि पार्टीले हार व्यर्हाेनु पर्ने आसंकाका आधारमा जिल्ला देखी केन्द्रीय नेताहरुले टिकट छोड्नु पर्ने निर्देशन दिदा अपमान नठानी सहज रुपमा पार्टीको निर्देशन स्वीकारेको छु ।
३) प्रतिपक्षिदलको हरेक मोर्चामा प्रतिकार गन क्षमता बोकेको छु ।
४) काँगेसको पहलमा भए गरेका विकास निर्माणको खुलेर प्रचार–प्रसार गर्ने गराउने गरेको छु ।
५) तत्कालिन द्वदको अवस्थामा समेत तत्कालिन क्रान्तीकारी माओवादी संगको प्रतिकार गरेको छु ।
६) बि.स. २०५८ सालमा माओवादी आक्रमणमा परि पार्टीको शिर उचाई राख्न वाचेको छु ।
७) आफ्नो उमेरको आधा जिवन पुरा पार्टी र समाजका लागि सुम्पीएको छु ।
८) केन्द्र देखी जिल्ला सम्म जगडीएको गुट÷उपगुटको वडा, पालिकाका अन्त्य गर्ने प्रयास गर्नेछु ।
९) पार्टीको विधान , अग्रज नेताहरुको साकारात्मक निर्देशन लाई पुर्ण पालना गरि पालिकाका ५ वटै वडाहरुमा आउदो निर्वाचनमा विजयी गराउन हरसम्भव प्रयास थाल्ने छु ।
१०) उचित मूल्यांकन नभएका, थिचोमिचोमा परेका पार्टीका कार्यकर्ता, भात्री संघ, सुभेच्छुक संघ संगठनहरुलाई समेटी सल्लाह सुझाव र सहकार्यका माध्यमवाट छलफल वहसको विषयमा बढि भन्दा बढि कार्यकर्ता संरक्षण गर्न÷गराउन पहल गर्नेछु ।
११) प्रतिपक्षी सत्तारुढ दलको बिसंगती बिकृति भ्रष्टाचारको पर्दाफास गरि रहेको छु र अझै बिभिन्न बिकास निर्माणममा भई रहेका अनियमिततालाई चिरफार गर्न मोर्चा तयार पर्नेछु ।
१२) हिन्दुत्व आध्यात्मीक चिन्तनमा आफु पनि रहेको र हरेक कार्यकर्तामाझ यो सन्देश पुगाउने छु ।

bb

Leave A Reply

Your email address will not be published.