काग्रेस परशुरामको नगर सभापतीमा चक्र साउँद अगाढी सर्दै

पदम जोरा, जोगबुढा

नेपाली काँग्रेस केन्द्रीय सभापती शेर बहादुर देउवाको गृह जिल्ला, डडेल्धुरामा पनि आठौं जिल्ला अधिवेसनको सरगर्मी बढेको छ ।
जिल्लाकै ठूलो भुगोल क्षेत्र परशुराम नगरपालिकामा पनि काँग्रेस परशुरामको दोस्रो नगर अधिबेसनको सरगर्मी बढेको छ ।
नगर स्तरीय नेताहरुले बिभिन्न पदमा आकाक्षा राखेका छन भने, सुक्रवार तरुणदल परशुरामका संयोजक चक्र बहादुर साउँद ले नगर सभापतीमा उमेदवारी दिने घोषणा गरेका छन ।
आफुले चार दशक देखी पार्टीको सिपाई भई काम गरेकोमा अव परशुरामका काँग्रेस कृयाशिल सदस्यहरुले न्याय दिने भन्दै उमेदवारी घोषणा गरेका हुन ।
साउद ले दोस्रो नगर अधिबेसनमा आफु नगर–सभापतिमा उमेद्वार रहेको पत्रकार माझ सुक्रवार घोषणा गरेका हुन ।

सामाजिक सञ्जाल अन्य नेताहरुको चर्चा अगाढी बढि रहेको भए पनि मिडीयामै आएर चक्र साउँद ले मात्र उमेद्वारी घोषणा गरेका  छन ।
चार तारा, रुखको छहारीमा चार दशक देखी कृयशिल छु, पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको छु , अव पालो आएको समेत उनले सुनाए ।
पछिल्लो समय काँग्रेसमा मौलाएको गुटगत राजनीती वाट टाढा रहेको र कृयाशिल सदस्यहरुले पनि सच्चा काँग्रेसलाई जिम्मेवारी दिनु पर्ने उनको तर्क छ ।
को हुन चक्र साउँद ।
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १२ का स्थायी वासीन्दा तथा काँग्रेस पार्टीको भात्री संघ तरुणदल परशुरामका संयोजक हुन ।
बि.स.२०४६ सालदेखि निरन्तर काँग्रेस र बिपिको विचारलाई चिनेका साउँदले २०५४ देखि नेपाल बिद्यार्थी संघको राजनितीवाट आफ्नो क्यारीयर शुरु गरेका हुन ।
२०५५ मा नेपाली कांग्रेस ईलाका न ९ नेपाल तरुण दल जिल्ला सास्कृतिक संघ संयोजकको  उनले जिम्मेवारी सम्हालेका हुन ।
०५६ को आमनिर्वाचनमा पार्टी लाई चौबल भोट दिलाउनमा पार्टीको मजबुद भात्री संघ तरुणदल र साउँदको को उच्च भुमीका रहेको उनका समर्थकहरुको भनाई छ ।
२०५७ मा सालमा तत्कालिन सिद्धनाथ उच्च माध्यमिक विद्यालयको नेबि संघ अध्यक्षको जिम्मेवारी सम्हालेकै कारण साउँद तत्कालिन माओवादी क्रान्तीकारीको निगरानीमा रहेकाले आफुलाई आक्रमण, अपहरण हुने त्रासले उनी भारत पलयान भए ।
मनमुटुमा काँग्रेसको राजनीतीलाई राखेका साउँद भारत लामो समय बस्न नसकी नेपाल अर्थात राजधानी काठमाडौं पसे ।
नौकरी भन्दा पनि राजनीतीलाई मुख्य प्राथमिकतमा राखि साउँदले पाटन क्याम्पसमा समाज सास्त्र बिए सम्म अध्ययन गरे ।
२०६२/०६३ को जन आन्दोलन काग्रेस पार्टी र तरुणको तर्फवाट अग्र मोर्चामा रहेका साउँदले  १७ दिन जेल विताए ।
घरायसी आर्थिक समस्या र राजनैतिक अवरस नपाउने खिन्नता मनमा पाली साउँद केही समय खाडी मुलुक प्रवास बसे ।
२०६४ सालको पहिलो संविधान सभाको निवार्चनका वेला  प्रवासमा रहेका उनले पार्टीको हारको खवरले मनमा खिन्नता पाल्न नसकि विचार सहितको काँग्रेस र्निमाण रोज्दै पुनः २०६६ सालमा स्वदेश फर्की राजनिती र समाजसेवामा तल्लीन रहे ।
२०६७ को साबिक जोगबुडा गा.बि.स. मा कांग्रेस गाउँ ईकाई समिति अधिबेशनमा सबैभन्दा बढी मत ल्याई जिल्ला अधिबेसन प्रतिनिधि भए ।

२०७० सालमा सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा पार्टी लाइ जिताउन तरुणको भुमीकामा साउँद लाई मुख्य जिम्मेवारी पार्टीले दियो र सोही अनरुप आफु खटिएको साउँदले गाउँघरअनलाईन लाई सुनाए ।
राजनैतिक परिर्वतन र समयले कोल्टो फेर्दै जादा देशले नयाँ मोड लियो दोस्रो संबिधान सभावाट साउँद आवद्व नेपाली काग्रेसको नेतृत्वमा देशमा नयाँ संबिधान जारी भयो । नयाँ संबिधान अनरुप देश पुर्नसंरचनामा गयो, तिन तहमा देश बिभाजित भयो । २०७४ मा स्थानीय, प्रदेश र प्रतिनिधी सभाका निर्वचनमा देश हुमीयो ।
२०७४ को निर्वाचनमा २४ बर्ष पछि पार्टी र जनतावाट युवा नेता चक्र साउँदले न्याय पाए ।
त्यो न्याय थियो, परशुराम नगरपालिका वडा.न १२ को काग्रेस पार्टीका तर्फवाट सदस्यमा उमेदवारी ।
सुरुमा अध्यक्षका आकाक्षी साउँद ले अग्रज नेताहरुको आग्रहलाई सहज रुपमा ग्रहण गरी वडा सदस्य मा चित्त बुझाए,  पार्टीलाई , जिताउन हर सम्भव प्रयास जारी राखेका साउँद नेपाली काँग्रेस पार्टीको तर्फवाट वडा.न १२ सदस्य विजयी भई बहाल छन ।
पार्टीका हरेक गबिबिधी, समाजसेवामा तत्लीन चक्र साउँद हाल दर्जन वढि अन्य सामाजिक  संघ संस्थमा समेत आवद्व छन ।

bb

Leave A Reply

Your email address will not be published.