बाढी

बाढी
हरेक वर्खा आउदा
त्यही बाढी याद आउँछ
जसले बोडे कामीका
छ जना एक चिहान बनाएको थियो
लदौलीको पूरा बस्ती
पैरो बनेको थियो
जहाँ एकै घरका आठ जना
पहिरोमा पुरिएका थिए
बासमती फल्ने पारीखेत
सुनौला बाला झुल्ने गौड्यासाल
वगर भए
खैरेनीजालामा अहिले पनि
नदि बगिरहेको छ
विपत्ति बाजा बजाएर आउदैन भन्थे
आउने रैछ
बिजुली झिलिमिली झिलमिली गर्दै
निरन्तर गडगडाएर
मुसलधारे वर्षा भयो
कहि पैरोले पुर्‍यो कहि बगायो
एउटा सुन्दर बस्ती सत्यनास पार्‍यो
लहलह धान फल्ने खेत बगर भए
सुन्दर बस्ती कुरुप डाडा बन्यो
त्यस पछि कयौ सरकार फेरिए
सत्ता मात्र फेरिएन ब्यवस्था
समेत फेरिए
बाढी पडितको मुहार फेरिएन
प्राभावित क्षेत्रको
नाम लिन पनि संकोछ मान्छन
वागमतीमा बाडी आए
सिहदरवारमा पैरो गए
सिएनएन बिबिसीले
समाचार बनाउछन
अन्तरास्ट्रिय नियोगको सहयोग आउँछ
तर लदौलीका मृतकको शव
खोज्ने प्रयास पनि हुदैन
राहात कस्तो हुन्छ
बाडनेलाई थाह होला
पुनस्थापना ,पुननिर्माण कस्तो हुन्छ
योजना आयोगलाई थाह होला
शासन ,न्याय र बिकासका लागि
साथै भावनात्मक रुपमा
राजधानी नजिक हुनु पर्थ्यो
तर यहाँ बरु
बैकुण्ठ नजिक छ
देशको राजधानी धेरै टाढा छ
बाढी पैरो लगायतका बिपद
सहज रूपमा खेपी सके
हाम्रो भू बनोट जलवायु परिवर्तनले
पनि सिकाउदै छ
बाच्नका लागि उपयुक्त मात्र बाच्छन
उपयुक्त हुदा सम्म कसैको केही लाग्दैन
हेलम्बु र मेलम्चीको समाचार सुन्दा
शीर्ष,लदौली बासी त्राहिमाम त्राहिमाम
हरेक वर्खा डर भएर आउँछ
हरेक वर्खा त्यही बाढी याद आउँछ
  • कैलासकुमार पाण्डेय
    परशुराम १२ डडेल्धुरा
bb

Leave A Reply

Your email address will not be published.