गृह जिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री वितरण गर्दै काँग्रेस युवा नेता महर

पदम जोरा, डडेल्धुरा

 

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर एक साता देखी गृह जिल्ला डडेल्धुरामा छन ।
नेबिसंघ निर्वतमान केन्द्रीय अध्यक्ष समेत रहेका नेता महरले गृह जिल्ला डडेल्धुराका ७ वटै स्थानीयतहमा पुगि स्वास्थ्य सुरक्षाका सामग्री वितरणलाई तिब्रता दिएका छन ।
सुदूरपश्चिमकै ठूलो अस्पताल डडेल्धुरा अस्पताललाई नेता महरले २० लाख वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।


जिल्लाका अन्य पालिकामा पनि अक्सिजन, सिलिण्डर, पिपिईसेट, मास्क लगायत स्वास्थ्य सामग्रीहरु वितरण लाई तिब्रता दिएकाछन ।
कोरोना कहरले जनता आक्रान्त बनेका वेला स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गर्न लागेको नेता महरले गाउँघर अनलाईनलाई जानकारी दिए ।
गृह जिल्ला डडेल्धुरामा नेता महरले ५० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेका महरको सचिवालय प्रमुख मदन उपाध्यायले जानकारी दिए ।

आईतवार जिल्लाको परशुराम नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।
परशुराम नगरपालिकाका नगर उप–प्रमुख कलावती देवि बोहरा मार्फत उक्त उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
परशुराम नगरपालिकालाई मास्क, फेस शिल्ड, अक्सिन सिलिण्डर प्लस अक्सोमिटर, ग्लोब्स लगायत स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरेका हुन् । स्वास्थ्य सामग्री वितरण गर्दै नेता महरले सरकारले नागरीकका लागि खोपको व्यवस्था गर्न नसकेपनि आफुहरुले जनताको स्वास्थ्य सुरक्षा स्वरुप कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा सामग्री वितरण अभियानै सञ्चालन गरेको नेता महरको भनाई छ । अझै कोरोना कायम रहेकाले नगारिकको स्वास्थ्य सुरक्षा गर्न गराउनु आफु र आफ्नो पार्टी प्रतिवद्व रहेको उनले वताए ।

bb

Leave A Reply

Your email address will not be published.