धनबहादुर भण्डारी
नेपाली कांग्रेसका युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैन सिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
कोभिड १९ कोरोना भाईरसको संक्रमण वढि रहेकै वेला नेता महरले सघिंय सरकारको माथहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सिन्ट्रेटर, सिलिण्डार, सर्जिकल मास्क, ग्लोव्स, फेससिल्ड अक्सिजन मास्क, अक्सोमिटर लगायतका सामग्री सहयोग गरेको डडेल्धुरा अस्पताल व्यवस्थापन समिती अध्यक्ष करुणाकर ओझाले गाउँघरन्यूजलाई जानकार दिएकाछन ।
डडेल्धुरा अस्पताललाई नेता महरले गरेको सहयोगले कोरोना माहामारीको चपेटामा परेका विरामीलाई राहत पुग्ने समेत अध्यक्ष ओझाको भनाई छ ।
नेपाली कांग्रेसका बौद्धिक युवा नेता नैनसिंह महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २०लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।
मगंलवार गृहजिल्ला डडेल्धुरा पुगि काँग्रेस नेता महरले विभिन्न सघं सस्था र साथिहरुको सहयोग मार्फत उक्त रकम जोहो गरि डडेल्धुरा अस्पतालमा उपचारका लागि आउने कोरोनाका विरामीको उपचार सहजताका लागि सामग्री हस्तान्तरण गरेको वताएकाछन ।
दुरदराज पुगेर जनताको साथमा सधैँ रहिरहने नेता महरले विभिन्न संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष करुणाकर अवस्थीलाई र गन्यापधुरा गाउपालिका अध्यक्ष नवल मल्ललाई हस्तान्तरण गरेका हुन् ।
डडेल्धुरा अस्पतालमा उपचारका लागि दुरदराजबाट समेत विरामीहरु आउने गरेका छन् ।
उक्त सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधीहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।
