मात

मात
आजभोलि सबै मातेकै देखिन्छन
साच्चै यस्तै हो कि दृष्टिभ्रम हो
साच्चै हो भने सद्ये मानिस
खोज्नु पर्ने हुन्छ
अनेक किसिमले मतेका हुन्छन
पिएर, नपिएर
पिएर भन्दा बढी नपिएर
मातेका पाइन्छन
सता शक्तिको मात
मदिराको भन्दा बढी हुन्छ
भनिन्छ राजनीतिमा
स्थायी सत्रु स्थायी मित्र हुदैन
यसमा पनि मातले नै काम गर्छ
मात मात्र होइन उन्माद
अति गरे खती भन्छन
तर सत्ता शक्तिको मात अति हुन्छ
मातले आफैलाई पनि चिन्दैन
शक्तिको मातले उन्मादले
क्रूर तानाशाह जन्माउछ
जघन्य अपराधमा संलग्न गराउछ
मातेरै हुन्छन हत्या हिन्सा
बलात्कारका घटना
के नै हुन्छ,जे गरे नि हुन्छ
रात्रीभोज,भोज भतेरका पार्टी
पार्टीका नेता कार्यकतामा
मातको प्रभाव बढी हुन्छ
मतेरै दुईतिहाई को सरकार
ढलेको छ
मातमै भन्दैछन चुनाव गर्छौ
मातमै भन्छन संसद पुनर्बहाली
गराउछौ
मातेको दृश्य कति कुरुप हुन्छ
सत्य निष्ठा निरीह हुन्छ मातका अगाडी
आदर्श ,बिचारलाई कसैले मात गर्छ भने
त्यो मात मात हो
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

bb

Leave A Reply

Your email address will not be published.