कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा
मन भरी बिश्वासको बिस्कुन फिजाएर
खसम र लालाबालाको स्नेह
मुटुमा राख्दै
पसिना बेचेर सपना किन्न गएकी
अस्मिता
अस्मिता मात्र लुटिएन
इहलिला समाप्त भयो
सानखोलामा सयपत्री फुलाउन
न्यून वेतन लिइ परिवारका लागि
नुन तेलको जोहो गर्थी
वैरीकाल हट्वानीको जंगलमा
मद मस्त बसेको थियो
अस्मिता लुट्यो बीभत्स हत्या गर्यो
अस्मिता तिम्रा लागि बैकुण्ठ कति नजिक रैछ
जोगबुडा कति टाढा
बैकुण्ठ पुग्यौ जोगबुडा पुग्न सकेनौ
घरबाट हिन्दै गर्दा नानीलाई भनेकी हौली
पुन्टे चाउचाउ र चुइगम ल्याउला
ज्ञानी भएर बस्नु
मुसुक्क हासेर खसम सित छुट्टिदा
बजार बाट ल्याउने सामानको सुचि
मन भरी माया बोकेर हिड्यौ हौली
कार्यालयको दैलो उघारी,सरसफाइ गरि
खटाए पठाए बमोजिम
कामकाजको झोला बोकि हिड्यौ होली
यि सबै विपना हुनकी सपना
नानी सहित तिम्रा खसम
घर फर्कने बाटो पर्खी रहे पर्खी रहे
कार्यलयको हाजिर पुस्तिका
तिम्रो हस्ताक्षर खोज्दैछ
अस्मिताको देह बैकुण्ठ पुग्यो
पार्थिव शरीर
आततायीको नाङ्ग्राले चिथोरियो
निरीह, निहत्या,बिचरीको
नृशंस हत्या भयो
एकान्त वनमा
नत जटायु नै थिए
न कुनै आधुनिक प्रविधिको सिसि क्यामेरा
छन त थिए
लता,वृक्ष ,कीट, पतंगहरु
चरा चुरंङ्गी र वन्यजन्तुहरु
जसले सत्य देख्छन बोल्न सक्दैन
निर्मला पन्त,भागरथी भट्टको
नियति तिम्रो पनि भयो
कुनै दिलिप बिष्ट,दिनेस भट्ट जस्ता
उमुक पात्र कोहि बनाइएलान
न्याय भने कुन चरीको नाम हो
हत्यरा हट्वानीको बनमा
अठ्ठाहास हासो हासी रहेछ
रक्त पिपासु बाघले सिकार कुरे जस्तै
अस्मिता जस्तै अस्मिताको बाटो हेरिरहेछ
निर्वाध हिडन सकिने बाटोमा
अजंगको बाघ बसेको छ
नारी जगत सन्त्रासमा छ
आम नागरिक सन्सयमा छ
परिवार शोक सन्तप्त छ
शब्द संग समबेदना
कविता मा श्रद्धाञ्जली छ
