अस्मिताकाे चार पछि अन्त्येष्टि

डडेल्धुरा : शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको अन्त्येष्टि गरिएको छ। अस्मिताको मंगलबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

धामीका परिवारलाई परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका हुन्। कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरे पश्चात पिडित पक्षले शव बुझेको वडाअध्यक्ष गोविन्द बोहराले बताए।

धामीको शव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको थियो। तर, अस्पतालमा हत्या वा बलात्कार के भएको थियो भन्ने स्पष्ट रिपोर्ट नआएपछि नमुनाहरू भिसेरा परिक्षणका लागि पठाइएको डडेल्धुरा प्रहरीले जनाएको छ।

धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। उनको विभत्स हत्या गरिएको आफन्तले बताउँदै आएका छन्।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। अस्मिता असार २ मा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्।

उनको शव मुलबाटोदेखि करिव ६०–७० मिटरको दूरीमा फेला परेको थियो। त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको थियो भने मोबाइल भेटिएको थिएन्। तर प्रहरी स्रोतका अनुसार उनको मोबाइल फेला परेको छ।

bb

Leave A Reply

Your email address will not be published.