अस्मीता धामीलाई न्याय दिन नगरपालिका प्रतिबद्व छ : नगर–प्रमुख साउँद 

पदम जोरा, जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ८ को आधारभूत स्वास्थ्य ईकाई केन्द्र जमरानीकी  कार्यालय सहयोगी अस्मीता धामीको न्यायका लागि नगर सकार प्रतिबद्व रहेको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले बताएकाछन ।

अस्मीताको न्यायका लगि पिडित पक्षले बुझाएको छ बुदे माग सहितको ज्ञापन–पत्र बुझ्दै नगर–प्रमुख साउँदले मृतकको शबको पोष्टर्माटम भई सकेको र छिट्टै प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्याल डडेल्धुरा, संघिय प्रहरी कार्यालय कञ्चनपुरवाट उच्च अनुसन्धानको टोली घटनास्थलमा पुगेको र  अनसन्धान अगाढी बढाएकाले दोशी उम्कीन नसक्ने मेयर साउँदले विश्वास दिलाएकाछन ।

घटना सारै दुःखद् भएको र अप्रत्यासित घटना हो । घटनाको सत्य, तथ्य छानविन हुनेमा आफु बिश्वसत रहेको समेत उनले बताए ।

आम नागरिक र सरोकारवालाले पनि घटनाको अनुसन्धानमा आ–आफ्नो क्षेत्रवाट सहयोग गरेमा दोसी कुनै हालतमा उम्कीन नपाउने उनले थपेकाछन ।

असार २ गते स्वास्थ्य साखा जोगबुडामा स्वास्थ्य सामग्री फिर्ता गर्न हिडेकी अस्मीता बेपत्ता भएकी थिईन । उनको सब शनिवार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको थियो

उक्त घटनाले अहिले पुरै नगर नै त्रासमा रहेको छ , स्थानीयहरुले अस्मीतालाई न्याय दिनु पर्ने र अरु महिला पनि सुरक्षित हुनु पर्ने भन्दै नारा सहित आन्दोलन गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.