पदम जोरा,जोगबुडा
शनिवार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा मृत भेटीएकी परशुराम नगरपालिका वडा नं. ८ जमरानीकी २६ बर्षिया अस्मीता धामीको पोष्टमार्टम ढिलाई भएको र अस्मीतालाई न्यायदे भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन ।
जोगबुडा अस्पतालमा बिज्ञ डाक्टर नभएका कारण पोष्टर्माटममा ढिलाई भएको र अपराधी उम्कीन सक्ने भएकाले तुरुन्त अस्मीताको शबको पोष्टमार्टम गरि अपराधीको खोजी गर्न दावव स्वरुप पिडीत पक्षले सोमवार मध्यान्हको अन्दोलन संगै नगरपालिकको कार्यालय घेराउ गरेकाछन ।
अस्मीताको शब जोगबुडा अस्पतालको शब गृहमा राखिएको छ ।अस्मीताको शब पोष्टर्माटम नहुदाँ पिडीतपक्षले आक्रोस व्यक्त गरेका छन ।
जोगबुडा अस्पतालमा बिषय बिज्ञ डाक्टर नभएकाले जटिल प्रकृतीको घटनामा बिज्ञ माग गर्न आफुहरुले अनुरोध गरेको जोगबुडा अस्पतालका डा.मान बहादुर बोहराले जानकारी दिए ।
असार २ गते देखी वेपत्ता भएकी परशुराम ८ जमरानीको आधारभूत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगि पदमा कार्यरत अस्मीता धामीको शनिवार बिहान ११ बजे परशुराम नगरपालिका –९ को हट्वानी सामुदायिक वनमा मृत शरिर फेला परेको थियो ।
प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिएको छ, भने थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश धनगढीवाट प्रहरी नायब निरिक्षक पदम थापा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल र संघिय प्रहरी कार्यालय कञ्चनपुरवाट प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहि नेतृत्वको टोली जोगबुडा पुगेको छ ।
