परशुराम-८ स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अस्मीताको शव फेला, हत्याको आशंका

पदम जोरा,जोगबुडा


डडेल्धुराको परशुराम नगरपालिका वडा.न ८ को आधारभूत स्वास्थ्य ईकाई केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी अस्मीता धामीको शनिवार शव फेला परेको छ ।
२६ वर्षीय विबाहित अस्मीता धामीको वडा.न ९ को हट्वानी सामुदायिक वनमा शव फेला परेको प्रहरीले जनाएको छ ।


असार २ गते देखी बेपत्ता भएकी धामीको स्थानीय र प्रहरीले खोज तलास गर्दा शनिवार बिहान १० बजे तिर हट्वानी सामुदायिक वनको (हट्वानी) डाडाको पैदल वाटो नजिकै फेला परेको हो ।
उक्त घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।
शनिवार अवेर राती सम्म जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले घटनास्थल लाई नियन्त्रणमा लिई मृतक अस्मीताको सव परिक्षणका लागि जोगबुडा अस्पताल ल्याएको छ ।
अस्मीताको टाउँकोमा गम्भीर चोट रहेकाले हत्या गरिएको अनुमान प्रहरीले गरेको छ ।
दुईछोरीका आमा अस्मीता असार २ गते स्वास्थ्य सामग्री जोगबुडा सदरमुकाम पुगाउन हिडेकी स्वास्थ्य ईकाई केन्द्रका प्रमुख रमेश वोहरा जानकारी दिए ।
घटनास्थलमा भ्याक्सीन क्यारीङ बक्स, मृतकले प्रयोग गरेको एक जोडी छुट्टा/छुट्टै स्थानमा चप्पल , १ थान मास्क, एक थान व्लुडायमण्ड नामक मदिराको खाली क्वटर सिसि भेटीएको छ भने , अस्मीताले प्रयोग गर्दै गरेको VIVO कम्पनीको मोवाईल सेट भने नभेटीएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश प्रशाद अवस्थीले जानकारी दिए । मृतकको मोवाईल सेट न भेटीएकाले अपराधी छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.