पदम जोरा, जोगबुडा
हिजो रातिको वर्षाका कारण डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ रातामाटी कटालमा घर भत्कीएको छ ।
वडा.न ४ कटाल रातामाटीका राजेन्द्र नाथ र दसरथ नाथको सयुक्त परिवार बस्दै आएको दुईतले घर भत्कीएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश प्रशाद अवस्थीले जानकारी दिनु भएको छ ।
दुई तले घर भत्कीदा घरभित्रको अन्नवाली, भाडाकुडा, लुगाकपडा पुरीएकाछन भने मानबीय क्षती भने नभएको प्रहरि निरिक्षक अवस्थीले जानकारी दिए ।
घटनास्थलको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद, प्रशासकिय अधिकृत तारानाथ पनेरु , ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख रमेश प्रशाद अवस्थी, नेपाल कम्यु्निष्ट पार्टी माओवादी केन्द्र परशुरामका अध्यक्ष शेर सिह माल डायमण्ड सहितको टोलीले अनुगमन र उद्वार गरेको छ ।
घटनावारे जानकारी लिदै नगर–प्रमुख भीम बहादुर साउँदले तत्काल उद्वारका लागि सहयोग र राहत सहयोग गर्न नगरपालिका तयार रहेको तत्पर रहेको वताएकाछन ।
नगर–प्रमुख भिम बहादुर साउँद सहित नगरपालिकाको टोलीले मनसुन सकृय रहेको अवस्थामा रगुन, पुन्तुरा, लगायतका नदी किनारका खहरे खोला बस्तीहरुमा पुगी निरक्षण लाई तिब्रता दिएको छ । सबै नागरीकलाई सर्तक र पुर्व तयारीमा रहन अनुरोध समेत नगरपालिकाले अपिल जारी गरेको छ ।
