जेष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि निःशुल्क सिबीर : अध्यक्ष गोविन्द बोहरा

पदम जोरा, जोगबुडा

विश्व नै कोरोना कहरले सन्त्रासमा रहेका वेला डडेल्धुराको परशुराम नगरपालिका वडा.न ८ ले जेष्ठ नागरिक स्वास्थ्य सिबीर सम्पन्न गरेको छ ।
बिभिन्न विरामीको औषधी सेवन गर्ने जेष्ठ नागरिकलाई समस्या हुन सक्ने सम्भावनालाई मध्यनजर गरि दैलोमै स्वास्थ्य उपचार सिबीर सञ्चालन गरीएको वडा.न ८ का वडा अध्यक्ष गोविन्द सिंह वोहराले जानकारी दिए ।
सीबीरमा स्वास्थ्य चेकजाचँ तथा निःशुल्क औषधी वितरण गरीएको बोहराले जानकारी दिए ।
नगरपालिकाले ऐन्टीजेन परिक्षण गरेकोमा आफ्नो वडाले १ लाख ५० हजार वजेटमा औषधी खरिद गरी जेष्ठ नागरिकलाई दैलोमै सेवा दिएको उनले जानकारी दिए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई ७ दिन सम्म सीबीर सम्पन्न भएकोे वोहराले गाउँघरन्यूजलाई जानकारी दिए ।
निशेधाज्ञाले महिनौ बिभिन्न रोगको औषधी खानेलाई औषधी प्रदान गरीएको छ । त्यसै गरी बर्षमा १ पटक अनिवार्य स्लाईन÷गुल्कोज चडाउनु पर्ने यस क्षेत्रका अधिकान्स जेष्ठ नागरिकको समस्या रहेकाले सीबीर सञ्चालनमा स्लाईन सेवा बढि दिइएको उनले जानकारी दिए ।
उक्त सिबीरवाट वडा भित्रका करिब ४०० वढि नागरीकले सेवा लिएकाछन ।
जेष्ठ नागरिक हाम्रा मार्ग दर्षक र पथप्रदर्शक भएकाले बृद्वाआश्रममा बुढेसकालमा आमा वुवालाई पठाउने तराईका जिल्लाहरुको संत्रिण सोचलाई साकारात्मक सन्देश दिन पनि स्वास्थ्य सिबीर सञ्चालन गरीएको बोहराको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.