पत्रकार महासंघ डडेल्धुरा शाखा द्वारा जोगबुडाका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

लक्ष्मन पार्की ,जोगबुडा 

नेपाल पत्रकार महासंघ डडेल्धुराले जोगबुडामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।

२०७३ सालमा स्थापना भई भित्रीमधेषमा सूचना, समाचार र मनोरञ्जनका क्षेत्रमा महत्वपुर्ण भुमीका खेली रहेको पहिलो रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्ज र रंगुन एम.एम का साथै अन्य अनलाईन, रेडियोका समाचारदातामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरीएको जिल्ला साखा सचिव पुस्कर भण्डारीले जानकारी दिए ।

 पत्रकार महासंघ केन्द्रीय सदस्य उत्तर विष्ट, डडेल्धुरा साखा अध्यक्ष हिक्मत बहादुर सिंह , सचिव पुस्कर भण्डारी र सदस्य टिकाराम साउँद सहितको टोलीले रेडियो परशुराम एफ.एम कार्यालय र रंगुन एफ.एम.मा पुगी स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको हो ।

महासंघ डडेल्धुरा साखाको टोलीले भित्रीमधेष क्षेत्रको पहिलो रेडियो परशुराम एफ.एम.लाई ५ सय थान मास्क, १२ वोतल सेनीटाईजर र १ पाकेट ग्लोव्स सहयोग हस्तान्तरण गरेको हो । भने रंगुन एफ लाई पनि सोही अनुसार स्वास्थ सुरक्षाका सामग्री हस्तान्तरण गरीएको जिल्ला साखा सचिव पुस्कर भण्डारीले जानकारी दिए ।

२०७७ चैत्र २५ गते सम्पन्न महाधिबेसनवाट विजयी केन्द्रीय सदस्य र जिल्ला साखाको टोलीलाई सोही अवसरमा रेडियो परशुराम एफ.एम.का स्टेसन म्यानेजर पदम जोराले टिका र आदा ओठाई स्वागत गरेका थिए ।

स्वास्थ्य सुरक्षाका सामग्री सहयोग हस्तान्तरणको दौरानमा जोगबुडा पुगी पत्रकार महा संघ केन्द्रीय सदस्य उत्तर विष्टले कोरोनाको पहिलो लहर र दोस्रो लहरले एफ.एम. रेडियोहरुको आर्थिक, भौतीक र व्यवस्थापकीय पक्षको वारेमा जानकारी लिनु भएको छ ।

लकडाउन, निशेधाआज्ञाका क्रममा एफ.एम.रेडियोको आर्थिक क्ष्यती न्यूकीकरणका लागि केन्द्रमा पहल चाल्ने बताए ।

महासंघ जिल्ला साखाले कोरोना वाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीको सहयोगका लागि आफनै भवनमा आइसोलेसन निर्माण गर्नुका साथै विपदको आपतकालिन कोष समेत स्थापना गरेको जिल्ला साखा डडेल्धुरा साखा अध्यक्ष हिक्मत बहादुर सिहंले जानकारी दिए ।

जिल्ला साखाको कोषमा करिब १ लाख ५० हजार रकम जम्मा भई सहेको र अझै सहयोगी हातहरु लम्की रहेको अध्यक्ष सिंहले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.