छोरीको कन्यादानको अवसरमा अध्यक्ष वोहरा द्वारा विद्यालयमा अक्ष्यकोष स्थापना

पदम जोरा ,आलिताल: डडेल्धुराको आलिताल गाउँपालिका वडा.न ४ घरेलुका वडा अध्यक्ष चन्द्र देब बोहराले गाउँपालिका वडाकै कृष्ण कालिका माध्यमिक बिद्यालयमा अक्ष्यकोष स्थापना गरेका छन ।
जेठ २२ गते छोरीको कन्यादान गर्दै बोहराले विद्यालयमा २५ हजार रुपैया वरवरको अक्ष्यकोष स्थापना गरेका हुन ।


छोरी पुष्पा बोहराले कृष्ण कालिका माद्यमिक बिद्यालय वाट क,ख,रा र वाणखरी सिकी स्नातक तह उतिर्ण गरेको खुसीमा छोरीको मायाँको चिनो र विद्यालयमा रहने र वर्षाै सम्झना रहि रहने भएकाले अक्ष्यकोष स्थापना गरीएको अध्यक्ष बोहराको भनाई छ ।
नेपाली काँग्रेस केन्द्रीय आमन्त्रीत सदस्य जनक कलौनी, काँग्रेस डडेल्धुराका पुर्व सभापती रघुवर भट्ट, महाधीबेसन प्रतिनिधी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादु साउँद, अलिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङ, उपाध्यक्ष ज्वला कुमारी विष्ट बोगटी , प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर ऐडी, बिद्यालयका प्रधानाध्यापक दान बहादुर बोहरा सहितको उपस्थिीको उपस्थीतीमा अध्यक्ष बोहराले विद्यालयलाई २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन ।
उक्त अक्ष्यकोष रकमको वार्षिक व्याजवाट गरिब, जेन्हेन्दार, छात्र–छात्रालाई छात्रबृति स्वरुप प्रदान गरिने विद्यालयका प्रधानाध्यपक दान बहादुर बोहराले जानकारी दिए ।
उक्त बिद्यालयका व्यवस्थापन समिती अध्यक्ष समेत रहेका बोहराको उक्त सहयोगले गाउँ बस्ती र समुदायमा साकारात्मक सन्देस जाने प्र.अ.बोहराले बताए ।
बिवाह, ब्रत आदि जस्ता कार्यमा हुने फजुल खर्च कटौती हुने र गरिब, जेहेन्दार बिद्यार्थीहरुलाई थोरै भए पनी पठन–पाठन र शैक्षिक सामग्री खरिदमा सहज हुने जानकारी दिए ।
काँग्रेस आलितालका सभापती समेत रहेका बोहराको मिन्त्रणामा घरेलु पगी परशुराम नगपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले जन्तीमा सहभागिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु , मास्क, सेनीटाईजर वितरण गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.