पदम जोरा,जोगबुडा–डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लागि एन्टीजेन परिक्षणलाई तिब्रता दिई रहेको छ ।
१२ वटै वडाहरुमा, जोगबुडा अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना चेकजाचँका लागि नागरिकको एन्टीजेन परिक्षण लाई तिब्रता दिएको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले जानकारी दिएका छन ।
१२ वटै वडा का आधारभूत स्वास्थ्य केन्द्र वाट एन्टीजेन परिक्षण भई रहेको स्वास्थ्य साखा परशुरामका संयोजक तेज बहादुर सिंहले वताए ।
नगरपालिकामा बुधवार सम्म २७२ जनाको एन्टीजेन परिक्षण गरिएको जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गाउँघरन्यूजलाई जानकारी दिए ।
नगरपालिका भित्र १ साता अगाडी सम्मको तथ्याङक अनुसार संक्रमित दर १५० जना रहेको थियो एन्टीजेन परिक्षण गर्ने को संख्या कमी कसरी त ? भन्ने प्रश्नमा भिमीरेले भने
‘नागकिरहरु एन्टीजेन गर्न आनाकानी गरी रहेका छन ’ हाम्रो अभियान भने जारी छ । एन्टीजेन भन्दा पिसिआर प्रभावकारी छ की ? भन्ने प्रश्नमा उनले भने । एन्टीजेन परिक्षण सुरुको चरणमा शरिरमा कोरोना संक्रमण छ, की छैन भनी छोटो चरणमा जाचँ गर्ने बिधी हो । शरिरका अंगहरुमा कोरोनाले आक्रमण गरेको छ, की छैन भनी जाचँ गर्ने प्रभावकारी बिधी भनेको पिसिआर बिधी हो । विश्व स्वास्थ्य संगठनले समेत पिसिआर लाई मान्यता दिएको छ । त्यसकारण पनि नागरिकहरु एन्टीजेन नगरि पिसिआर तर्फ बढि अभिप्रभावित भएको उनले बताए ।
एन्टीजेन परिक्षण गर्ने संख्या कम त कसरी भयो त ?
जनताको हेलचक्रयाई, परिक्षण गर्नेको संख्या भएको उनले जानकार दिए हामीले पटक–पिसिआर परिक्षण गर्नका लागि आग्रह गरि रहेका घिमीरेले जानकारी दिएकाछन ।
