पुर्व प्रधानमन्त्री देउवाले फेरी पठाए गृह जिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री

पदम जोरा, जोगबुडा

पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापती शेर वहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा फेरी स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन ।

जिल्लाका ७ वटै स्थानीय तहका लागि  सामग्री पठाएको नेपाली काँग्रेस डडेल्धुराका सचिव लक्ष्मी प्रशाद अवस्थीले गाउँघरन्यूजलाई जानकारी दिए ।
पहिलो चरणको कोरोनो संक्रमणका वेला राहत खाद्य सामग्री र स्वास्थ्य सुरक्षा सामग्री पठाएका देउवाले फेरी दोस्रो कोरोना संक्रमण लाई मध्यनजर गरि नागरिकको स्वास्थ्य सुरक्षाका लागि सामग्री पठाएको अवस्थीले  जानकारी दिए ।


गृह जिल्लाका नागरिक प्रति सधै चिन्ता राख्ने गरेका देउवाले कोरोनाको जोखिमपुर्ण अवस्थामा समग्र बस्तु स्थीती वारे टेलीफोन वाट जानकारी लिने गरेको काँग्रेस महाधिवेसन प्रतिनिधी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले जानकारी दिए ।
कोरोना कहरको दोस्रो भेरीयन्ट संक्रमण र सन्त्रासले जनता आत्तिएको अबस्था लाई बुझी देउवाले स्वास्थ्य सुरक्षाका सामग्री पठाएको काँग्रेस नेता  साउँदले वताए ।
देउवाले ७ वटै स्थानीयतहका लागि पठाएको स्वास्थ्य सुरक्षाका सामग्री आईतवार परशुराम नगरपालिमा वितरण गरिएको छ ।
परशुराम नगरपालिकाका नागरिकको स्वास्थ्य सुरक्षाका लागि १ हजार थान सर्जिकल मास्क , सेनिटाईजर, ५ थान विरामी बेड, ५० किलो ग्राम तौलका १० थान अक्सिजन सिलिण्डर वितरण गरिएको कांग्रेस डडेल्धुराका पुर्व उप–सभापती कैलाश कुमार पाण्डेयले वताए ।
उक्त सामग्री नेपाली काँग्रेस डडेल्धुराका पुर्व उप–सभापती कैलाश कुमार पाण्डेय र जिल्ला कार्य समिती सदस्य गणेश प्रशाद जोशीले सयुक्त रुपमा परशुराम नगरपालिकालाई आईतवार हस्तान्तरण गरेका छन । उक्त सामग्री नागरिकको स्वास्थ्य सुरक्षाका लागि जोगबुडा अस्पताल , स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा पठाईने स्वास्थ्य नगरपालिकाका साखा प्रमुख तेज बहादुर सिंहले जानकारी दिए ।
गृह जिल्लाका ७ वटै स्थानीय तहका लागि पठाईएका सामग्री अन्य स्थानीय तहहरुमा पनि छिट्टै वितरण गरिने काँग्रेस डडेल्धुराका सचिव लक्ष्मी प्रशाद अवस्थीले जानकारी दिए ।
देउवाले झण्डै २ साता पहिले डडेल्धुरा अस्पतालमा स्वास्थ्य सुरक्षाका सामग्री पठाएका थिए ।

bb

Leave A Reply

Your email address will not be published.