आलिताल गाउँपालिका लाई IDes डडेल्धुरा द्वारा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

पदम जोरा,जोगबुडा

एकिकृत विकास समाज IDes  डडेल्धुराले जिल्लाको आलिताल गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।


शनिवार गाउँपालिकालाई १५ सय लिटर मिनीरल वाटर (पानी) ५ सय थान सर्जिकल मास्क, ५ सय मिलिलिटरका ३ सय वोतल सेनीटाईजर, ३५ थान पिपिई सेट र १ सय ५० थान झुल सहयोग गरेको संस्थाका अध्यक्ष कमला विष्टले गाउँघरन्यूज लाई जानकारी दिईन ।
त्यसै गरि जनताको स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्य कर्मीहरुहरु लाई समेत स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरीने र सहयोग संस्थालाई गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले धन्यवाद दिएका छन ।
मर्सिकोर नेपालको आर्थिक सहयोगमा सञ्चालित एमरेड परियोजना द्वारा उक्त सामग्री सहयोग गरीएको परियोजना संयोजक गेणश मगरले जानकारी दिएका छन ।
नेपाली काँग्रेस डडेल्धुराका सभापती तथा सूदुरपश्चिम प्रदेश शासंद कर्ण बहादुर मल्लको उपस्थितीमा उक्त सामग्री गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङ, स्वास्थ्य साखा प्रमुख धन बहादुर क्षेत्रीलाई सामग्री हस्तान्तरण गरीएको आईडिर्ययस डडेल्धुराका महा–सचिव राम धामीले जानकारी दिएकाछन ।
कोरोना भाईरस दोस्रो भेरीयन्टको संक्रमण रोकथाम तथा नियन्त्रण संगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले पालिकाको सभाहलमा आईसोलेसन निर्माण गरेको छ ।
उक्त आईसोलेसनको काँग्रेस डडेल्धुराका सभापती तथा सूदुरपश्चिम प्रदेशका शासंद कर्ण बहादुर मल्लले अनुगमन समेत गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.