डडेल्धुराको भागेश्वर गाउँपालिकाले नागरिको स्वास्थ्य सुरक्षामा प्रतिबद्व रहेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले गाउँपालिकाले पुर्व सर्तकताका सबै तयारी पुरा गरेको गाउँघरन्यूनज लाईन वताईन ।
गाउँपालिकाले आईसोलेसन र्निमाण गरि सकेको र अक्सीजन व्यवस्थापन, एन्टीजेन र पिसिआर परिक्षणको दायरा समेत तिब्रताका साथ ५ वटै वडाहरुमा सुचारु गरेको उनले वताईन ।
पाचँ वडामा विभाजित गाउँपालिकामा हाल सम्म कोरोना भाईरसको दोस्रो भेरीयन्टले भयावह रुप नलिएको भए पनि गाउँपालिकाले पुर्ण सर्तकता अपनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोकाले वताए ।
५ वटै वडाहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जनचेतनामुलक सन्देश , माईकिङ मार्फत सचेतीकरण गरीएको छ ।
कहि कतै संक्रमणको अवस्था आएमा सावारी साधन सुचारुको सहजताका लागि अवरुद्व सडक सुचारु गर्ने कार्य गरीएको गाउँपालिकाका सूचना अधिकृत मात्रिका प्रशाद भट्टले जानकारी दिए ।
आरडिटी, पिसिआर र एन्टीजेन परिक्षण गरिएको र आम नागरिकलाई होम आइसोलसनमा वस्न गाँउपालिकाले अपिल गरेको छ,भट्टले वताए ।
केही दिन यता मौसम अनुकुलता र वातावरणिय प्रभावका कारण गाउँ, समुदाय, टोल वस्तीमा भाईरल ज्वरो फैलिएकोमा स्वास्थ्यका मापदण्ड अपनाई चेकजाचँ सिबीर समेत गाँउपालिकाले सञ्चालन गरेको छ ।
यो समाचार तयार पार्दा सम्म गाउँपालिकाका ७ जना नागरिक डडेल्धुरा अस्तालमा उपचारत रहेको र वडा.न २ का १ जना महिलालाई डडेल्धुरा अस्पतालको सहयोगमा सेति प्रादेसिक अस्पताल धनगडी पठाइएको अधिकृत भट्टले जानकारी दिए ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गर्न र जटिल समस्या देखीएमा गाउँपालिकामा सम्पर्क गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
