परशुराम नगरपालिकामा कोरोना वाट निको हुने संख्या बढ्दो

लक्ष्मन पार्की,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित निको हुनेको संख्या बृद्धि हुदै गएको छ । नगरपालिकामा दोस्रो भेरीयन्टको कोरोना संक्रमण सुरुका दिनमा तिब्र रुपमा बढे पनि पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्णपालना र स्वास्थ्यकर्मीहरुको सकृयाताले संक्रमितको संख्यामा कमि आएको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले वताएका छन ।


आईतबार ७ जना महिला र ५ जना पुरुष गरि १२ जनाले कोरोनालाई जितेको जोगबुडा अस्पतालका सुचना अधिकारी प्रकाश घिमिरेले वताएकाछन ।
यो संगै परशुराम नगरपालिकामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९ जना रहेको छ ।
जोगबुडा अस्पतालले आईतवार २२ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ जनाको रिर्पोट पोजेटीभ र २१ जनाको रिर्पोट नेगेटीभ रहेको जोगबुडा अस्पतालका सुचना अधिकारी प्रकाश घिमीरेले जानकारी दिएकाछन ।
हाल सम्म परशुराम नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ५० जना पुगेकोे छ, भने कोरोनाको दोस्रो भेरीयन्टको संक्रमण न्यूनीकरणका लागि परशुराम नगरपालिका स्वास्थ्य साखा , जोगबुडा अस्पतालले आम नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण पालना गर्न अनुरोध गरेको छ ।
संक्रमण फैलिन नदिन निशेधज्ञालाई कडाई पारिनुका साथै रोकथामका उपायहरु अवलम्बन गर्न/गराउनु प्रयास थालेको नगर–प्रमुख भीम बहादुर साउँदले वताएका छन ।

bb

Leave A Reply

Your email address will not be published.