रुडुक द्वारा परशुराम नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पदम जोरा, डडेल्धुरा

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले परशुराम नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।
रुडुकद्वारा सञ्चालित सु–आहारा कार्यक्रम अन्तरगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिएको रुडुक कार्यक्रम अधिकृत अमर साउँदले जानकारी दिए ।
आईतवार उक्त सामग्रीहरु परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदलाई हस्तान्तरण गरिएको साउँदले वताए ।
स्थानीय नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सुरक्षा र सरसफाईका सामग्री हस्तान्तरण अभियान सञ्चालन गरिएको रुडुक, डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले वताईन ।
जिल्लाका ७ वटै स्थानीयतहका लागि रुडुक, डडेल्धुराले २८ हजार ८ सय ५० थान मास्क, ६ सय २७ वोतल सेनिटाईजर , ४५ थान पिपिई सेटको जोहो गरी हस्तान्तरण अभियान सुरु गरेको छ ।

शनिवार नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
आईतवार प्रमुख जिल्ला अधिकारी हरि प्रशाद घिमीरे, सहायक प्रमुख जिल्ला अधिकारी वाबुराम अर्याल, सहितको उपस्थितीमा उक्त सामग्री परशुराम नगरपालिकका नगर प्रमुख भीम बहादुर साउँद मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
दोस्रो भेरीयन्टको कोरोना कहर न्यूनीकरण गर्न नगरपालिकालाई सघाउदै सामाजिक उत्तरदायित्व निभाउन रुडुकले परशुारम नगरपालिकालाई ४ हजार ६ सय ५० थान सर्जीकल मास्क, ९३ बोतल सेनीटाईजर , ८ थान पिपिई सेट नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकाका आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि रुडुक, काठमाण्डौं र रुडुक डडेल्धुराले , कोरोना कहरको पहिलो चरणमा स्वच्छताका व्यवहार परिर्वतन संगै राहत खाद्य सामग्री, स्वास्थ्य सुरक्षा र सरसफाई सामग्री सहयोग गरेको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले जानकारी दिए ।
यसै गरि दोस्रो चरणमा नया भेरीयन्टको कोरोना संक्रमण र सन्त्रास न्यूनीकरणमा पनि रुडुकले गरेको सहयोग सारै प्रसंशनिय रहेको भन्दै संस्थालाई नगर प्रमुख साउँदले धन्यावाद दिएकाछन ।
उक्त सामग्रीहरु छिट्टै नगरपालिकाका स्वास्थ्य संस्था, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई वितरण गरिने समेत उनले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.