पदम जोरा,डडेल्धुरा
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले जिल्लाका सात वटै स्थानीयतहलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग अभियान सञ्चालन गरेको छ ।
सु–आहारा कार्यक्रम अन्तरगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिने रुडुक डडेल्धुराका कार्यकारी सरस्वती खड्काले गाउँघरन्यूजलाई वताईन ।
शनिवार नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट लाई उक्त सामग्री हस्तान्तरण गरिएको खड्काले जानकारी दिईन ।
जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षामा सहज होस भन्ने उदेश्यका साथ स्वास्थ्य सुरक्षा र सरसफाईका सामग्री वितरण गरिने उनले जानकारी दिईन ।
जिल्लाका ७ वटै स्थानीयतहका लागि रुडुक,डडेल्धुराले २८ हजार ८ सय पचास थान मास्क, ६ सय २७ वोतल सेनिटाईजर , ४५ थान पिपिई सेट सहयोग गर्ने भएको छ ।
स्थानीय सरकार लाई दोस्रो भेरीयन्टको कोरोना कहर न्यूनीकरणमा सघाउदै सामाजिक उत्तरदायित्व निभाउन लागेको हो ।
जिल्लाका आम नागरिकलाई थोरै भएपनि स्वास्थ्य सुरक्षा हुने खड्काले वताईन । रुडुकले पहिलो लहरको कोरोना कहरका वेला समेत स्वच्छताका लागि व्यवहार परिर्वतन कार्याक्रम सञ्चालन गरेको थियो ।
यस्तै सु–आहारा कार्यक्रम अन्तरगत दोस्रो लहरको कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरीरहेको छ ।
सु–आहारा कार्यक्रम जिल्लामा पोषण र सुनौला हजार दिनको आमाको स्वास्थ्य सुरक्षा र पोषणको क्षेत्रमा क्रियाशिल रहेको छ ।
