नगरको शैक्षिक क्षती न्यूनीकरणका वैकल्पीक वाटो रोजौं : प्र.अ.थ्वाल

लक्ष्मन पार्की,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउको भुवनेश्वरी नमुना मा.बि.का प्रधानाध्यापक डम्बर सिंह थ्वालले नगरको शैक्षिक क्षती न्यूनीकरणका लागि वैकल्पीक वाटो रोज्नु पर्ने बताएका छन ।

रेडियो परशुराम एफ.एम.को आजको सन्दर्भ विशेस कार्यक्रममा र गाउँघरन्यूज  अनलाईनमा वोल्दै, हामीले केन्द्र सरकार, शिक्षा विभागको मुख ताकि राख्नु भन्दा पनि वालवालिकाको भविश्यलाई सोच्नु जरुरी रहेको वताए ।

छिट्टै सरोकारवालाहरु जुटेर शैक्षिक सुधारका लागि भरपर्दो रणनिती वनाउनु पर्ने समेत उनको धारण रहेको थियो ।

परशुराम नगर सरकारले कोरोना संक्रमण रोकथामका लागि पहिलो चरणमा  ठूलो युद्व लड्यो दोस्रो चरणमा लडि रहेको छ उक्त लडाईमा सबै बौद्विक जगतले साथ दिनु पर्ने उनले वताए ।

परिक्षा स्थगित भयो, वालबालिका पढाई भन्दा सामाजिक सञ्जालमा बढि झुम्मीने भएकाले पठन–पाठनको बैकल्पकि वाटो छिट्टै रोज्न सके केही हद सम्म शैक्षिक क्षती न्यूनीकरण हुने उनले वताए ।

यो महामारी हो , अझ जटिल बन्न नि सक्छ, नियन्त्रण नि हुन सक्छ , रणनिति तर नगरपालिका संग हुनु पर्ने थ्वालले धारणा राखे ।

विकास , समृद्वि र सुशासन संगै चेतनामा जोड दिउ न शैक्षिक क्षती न रोग संक्रमण र न नागरिक भोका रहने उनको भनाई छ , शैक्षिक चेतना भए मात्रै समृद्वि र शुसाशनले सार्थकता पाउने उनले थपे ।

भुवनेश्वरी नुमना मा.बि.पहिलो चरणको कोरोना कहर न्यूनीकरणमा जुटेको दोस्रो लहरको कोरोनामा पनि गाउँ, वस्ती , टोल र समुदायमा सचेतीकरण दिई रहेको र अभिभावक, विद्यार्थी नजिक शिक्षकहरु  हुने भएकाले हाम्रो सामाजिक उत्तरदायित्व समेत हो । लागौ जुटौ उनले भने उनले भने । भुवनेश्वरी नुमना मा.बि.ले गत बर्ष पहिलो लहरको कोरोना कहरका वखत शैक्षिक क्षती न्यूनीकरणका रेडियो पाठशाला सञ्चालन गरेकोमा यो वर्ष पनि फरक शैलिको रेडियो पाठशाला सञ्चालनको तयारी रहेको उनले वताए ।

गाउँ , वस्ती र दुरदराज सम्म सजिलो सञ्चारको साधन स्थानीय एफ.एम.रेडियो भएकाले यस वाट केही हद सम्म शैक्षिक क्षती न्यूनीकरण हुने उनको दावि रहेको थियो ।

कोरोनाको संक्रमण वाट ज्यान गुमाएका देशैभरका शिक्षकहरुका प्रति प्र.अ.थ्वालले सम्वेदना समेत व्यक्त  गरेको छन ।

लक्ष्मन रेडियो परशुरा एफ.एम.का रिपोटिङ गर्छन

bb

Leave A Reply

Your email address will not be published.