कोरोनाले शैक्षिक क्षेत्रमा ठूलो क्षती पुगाएको छ , क्याम्पस प्रमुख नवराज नाथ

लक्षमन पार्की

डडेल्धुराको भित्रीमधेष क्षेत्रको त्रिबेणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज नाथले कोरोनाले शैक्षिक क्षेत्रमा ठूलो क्षती भएको वताएका छन ।
गाउँघरन्यूज र रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्ज वाट प्रशारित आजको सन्दर्भ बिशेसमा बोल्दै क्याम्पस प्रमुख नाथले २०७६ साल देखीको निरन्तर विश्व महामारी रुपमा फैलिएको कोविड–१९कोरोना भाईरसको संक्रमण र सन्त्रासले विश्वको अर्थतन्त्र सँगै शैक्षिक क्षेत्रमा ठूलो क्षती भएको उनले वताए ।
गत बर्ष झै यस वर्ष दोस्रो भेरीयन्टको संक्रमण र सन्त्रासले जिल्लाको भित्रीमेधषको आलिताल र परशुराम नगरपालिका बार्षिक परिक्षा, स्थगित हुनुले शैक्षिक क्षती निम्त्याएको नाथको भनाई छ ।
सरकार कोरोना कहरको जोखीम संग जसरी जुधी रहेको छ । सोही अनुसार भोलीका कर्णाधार नानी वाबुहरुको भविश्यको वारेमा सोची ठोस कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको उनले बताए ।
विद्यार्थीहरु पढाईको वनाी भुली सकेकाले सरकारले छिटो भन्दा छिटो बैकल्पीक पठन–पाठनको व्यवस्था सरकारले गर्नु पर्ने उनले औल्याए ।
स्थानीय सरकारले पनि क्षेत्रा अधिकार भित्र रहेर विद्यार्थीहरुको समस्या लाई ध्यानमा राखी वैकल्पीक पठन–पाठन गर्न सके केही हद सम्म शैक्षिक क्षती न्यूनीकरण हुन सक्ने प्रभाकावरी हुने उनले बताए ।
सूदुरपश्चिम विश्व विद्यालयवाट सम्वन्धनप्राप्त त्रिबेणी बहुमुखी क्याम्पसले पनि बिद्यार्थीहरुको शैक्षिक क्षती लाई न्युनिकरणका लागि जेठ ५ गते देखि अनलाईन कक्षा सन्चालन गरि रहेको समेत उनले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.