पदम जोरा,
नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन गरेको सेवादल लाई एलिशा हार्डवयर सञ्चालक मनोजराज पाण्डेयले ४० हजार रुपैया आर्थिक सहयोग गरेकाछन ।
दोस्रो भेरीयन्टको कोरोना कहरले जनता त्रासमा रहेको अवस्थामा काँग्रेस डडेल्धुराले सेवादल मार्फत जनताको स्वास्थ्य सुरक्षा गरी रहेकोमा उक्त अभियान मार्फत जनतालाई सेवा गर्न पाण्डेयले आर्थिक सहयोग गरेको वताएकाछन ।
उक्त अभियानमा आम नागरीक, व्यपारी, संघ संस्थाले गक्ष अनुसार सहयोग गर्न आग्रह समेत पाण्डेयले गरे ।
थोरै भएपनि जनतालाई राहत हुने , यो वेला मानवियधर्म निभाईने पाण्डेय भने ।
बिभिन्न, व्यक्ति, संस्था, दानदाताहरुवाट सेवादलमा आर्थिक सहयोग भई रहेको काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा.न २ घर भई हाल धनगडी उप–महानगरपालिका कैलाली, अमरगढी नगरपालिका ५ तुफानडाडाँ, डडेल्धुरामा हार्डवयर व्यपार गर्दै आउनु भएको छ ।
कुशल हार्डवयर व्यपारी मनोजराज पाण्डेयले सेवादललाई ४० हजार रुपैया सहयोग गरेको कार्यवाहक सभापति भट्टले जानकारी दिए ।
उक्त रकम कोरोनाको उच्च जोखीममा रहेका नागरिकको स्वास्थ्य सुरक्षाका निमित्त खर्च गरीने समेत भट्टले बताए ।
काग्रेस डडेल्धुराले पार्टी कार्यालय किसुन जी भवनमा अस्थायी आईसोलेसन स्थापना गरेको छ ,भने निशेधज्ञाका कारण अन्य समस्यामा परेका नागरीकहरुको सहयोगमा पार्टी र सेवादलले जुटी रहेको काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्ण बहादुर मल्लले जानकारी दिए ।
पहिलो चरणको कोरोना कहरका वेला बिभिन्न समस्यामा रहेका नागरीकहरुको सेवादलले सेवादल अभियान सञ्चालन गरेको थियो । यो वर्ष पनि बिभिन्न क्षेत्रमा अलपत्र रहेकालाई खाना खुवाउने, यातायातसेवा, गाडीभाडा सहितको सेवा पार्टीले सञ्चालन गरी रहेको मल्लले जानकारी दिए ।
