आधुनीक प्रबिधिको आईसोलेसन भवन निर्माण गर्दै परशुराम नगरपालिका

पदम जोरा,जोगबुडा

दोस्रो भेरीयन्टको कोरोना संक्रमण र सन्त्रास बढ्दै गएपछि जनताको स्वास्थ्य सुरक्षा र पुर्वसर्तकताका लागि डडेल्धुराको परशुराम नगरपालिकाले आधुनीक प्रबिधिको आईसोलेशन भवन निर्माणलाई तिब्रता दिएको छ ।
नगरपालिकाको ९५ लाख बजेटमा आधुनिक प्रबिधीको आइसोलेसन भवन १५ देखी २० दिनमा र्निमाण सम्पन्न गर्न र्निमाण कम्पनी लाइ निर्देशन दिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले वताए ।
निर्माणाधिन भवनको अनुगमन गर्दै उनले १० सैयाको अटेच ट्वाईलेट सहितको एक र १० सैया वरावरकै १ आइसोलेसन हल निर्माण अन्तीम चरणमा रहेकोे जानकारी दिए । प्रिफ्याप, वाईप्यानल सहितको आधुनीक भवन र्निमाणको जिम्मा डिडिएल, ईन्जीनीयरीङ, जेभी कञ्चनपुरले पाएको हो ।
र्निमाण कम्पनी संगको ठेक्का सम्झौता सकीन लागेकाले छिटो तयार हुने उनले जानकारी दिए ।
संक्रमणको अवस्था हेरी थप व्यवस्थापनका लागि निर्माणाधिन नगरपालिकाको कम्पलेक्स भवनको हल र ५० शैयाको निर्माणाधिन जोगुबढा अस्पतालको भवनलाई पनि तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
पहिलो चरणको कोरोना भन्दा दोस्रो भेरीयन्टको कोरोना जटिल रहेको चिकित्सकहरुको परामर्ष अनुुसार सतर्कताका प्रयासमा जुटेको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले बताए ।
जोगबुडा अस्पताल, स्वास्थ्य साखामा आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापन र परिचालन , स्वास्थ्य साखाको समन्वयमा स्वास्थ्य उपकरण, अक्सीजन, औषधी खरिद गरि सकेको उनले गाँउँघर न्यूजलाई बताए ।
तिन वटै सुरक्षा निकाय, सम्पुर्ण स्वास्थ्यकर्मी, विषयगत साखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी र स्थानीय एफ.एम.रेडियो, रेडक्रष र राजनैतिकदल, शिक्षकगुरुहरु संग पटक–पटक छलफल गरिएको छ , म आफु पनि जोगबुडो छु मेयर साउँदले भने ।
एक्बुलेन्सलाई तयारी अवस्थामा राखीएको छ , पहिलो चरणको कोरोना कहर रोकथाम तथा न्यूनीकरणमा आम नागरीक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, शिक्षक गुरुहरु, राजनैतिक दलको साथ सहयोग समन्व रहेकाले मानवीय क्षती नभई सफलता हात पारेका हौ , यो दोस्रो भेरीयन्ट जटिल किसमको रहेको छ , हामी पुर्व सतर्क छौं । अवस्था जटिल नआउन दिन आवश्यक रणनीती तयार पारेका छौ ।
आम नागरीकहरुले पनि निशेधाज्ञाको पुर्ण पालना गरीदिएकाछन संक्रमण रोकथाममा आम नागरीकहरुको बढि भन्दा बढि सहयोग रहेको समेत उनले बताएकाछन ।

bb

Leave A Reply

Your email address will not be published.