डडेल्धुरामा आईतबार देखि निषेधाज्ञा

डडेल्धुरा । सुदूरपश्चिमको हिलस्टेसन डडेल्धुरामा आईतबार देखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । पर्सी आईतबार बैशाख  १९ गते बिहान ६ बजे देखि २५ गते राति १२ बजे सम्म निषेधाज्ञा लागू गर्ने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शुत्रबार बसेको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ।‘निषेधाज्ञा लागेपछि अतिआवश्य कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन। यस्तै निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल तथा समाग्री बाहेक अन्य पसल सबै बन्द रहनेछन्।’ प्रजिअ घिमिरेले भने।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। जिल्ला प्रशासन कार्यालयले वैशाख १९ देखि यहाँका सात पहाडी जिल्ला जाने गाडी डडेल्धुरामा नै रोक्ने छ । समितीले कोरोनाका बिरामीको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न सहमति दिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.