कोरोना जोखीमलाई ध्यानमा राखी परशुराममा बार्षिक परिक्षा स्थगित

पदम जोरा,जोगबुडा

कोविड १९ जिल्ला संकट व्यवस्थापन समिति डडेल्धुराको बैठकको निर्णयको परिपत्रलाई आत्मसाथ गर्दै परशुराम नगरपालिकाले बुधवारवाट सञ्चालन हुने सबै तहका बार्षिक परिक्षा स्थगित गरेको छ ।

नगरपालिकाले बैसाख १५ गते बिभिन्नतहका बार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । दोस्रो लहरको कोरोना जोखीम बढ्दै जादाँ पुर्व निर्धारित सबै संस्थागत र सामुदायिक बिद्यालयका वार्षिक परिक्षाहरु स्थगित गरीएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी वताए ।

नगरपालिकाको मंगलवार बसेको आकस्मीक बैठकले अर्को सुचना जारी नहुन्जेल सम्मका लागि वार्षिक परिक्षा र भौतिक उपस्थितीमा पठन–पाठन समेत स्थगित गरेको छ ।
दोस्रो लहरको कोविड १९कोरोना भाईरसको जोखीम न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमलाई तिब्रता दिईने समेत उनले जानकारी दिए ।
बाह्यिमुलुक वाट नेपाल भित्रीएकाहरुलाई होम क्वारेन्टीनमा बस्न र विनाकाम बाहिर हिडडुल नगर्न समेत नगरपालिकाले अपिल जारी गरेको छ ।
अति आवश्यक काम परेमा मास्क , सामाजिक , भौतिकदुरी र स्वास्थ्यका मापदण्ड अपनाउन सम्र्पुण नगरवासीहरुका नगरपालिकाले आग्रह गरेको छ ।

bb

Leave A Reply

Your email address will not be published.