पदम जोरा ,आलिताल
डडेल्धुराको आलिताल गाउँपालिकामा संस्थागत क्षमता स्व–मूल्याङ्कन
भएको छ । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सुदूरपश्चिम प्रदेश शुसासन केन्द्र डोटीको सयुक्त आयोजनामा गाउँपालिकामा स्व–मूल्याकंन सञ्चालन भएको हो ।
देशैभरका स्थानीयतहहरुको सेवा प्रभावारी, गुणस्तरीय, चुष्त, दुरुस्त , प्रबिधिमैत्री र जनमुखी बनाउन स्व–मूल्याङकन संचालन गरीएको कार्यक्रमका प्रशिक्षक तथा अमरगढी नगरपालिका,डडेल्धुराका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रशाद उपाध्यायले बताए ।
पालिका र पालिका अन्तरगतका विषयगत साखाको सेवा, दैनिक सूचना , कार्यक्रम, उपलब्धी, क्रियाकलाप, समस्या, चुनौतीलाई सामना गर्न सिकाई हुने स्थानीय सरकारको सेवा जनमुखी हुने आलिताल गाउँपालिकाका प्रमुख प्रशासकिय भोज बहादुर ऐडीले बताए ।
विशेस गरी, जनप्रतिनिधी, वडा सचिव, बिषयगत साखा वाट प्रदान गरीने सेवामा आलिताल गाउँपालिकाले आवश्यक सुचाङ्क र सरकार संचालन ऐन अनुसार नैसेवा दिई रहेको रहेको ऐडीले जानकारी दिए ।
यो संस्थागत क्षमता स्व–मूल्याङ्कनले गुणस्तरीय सेवामा वल पुगाउने आलिताल गाउँपालिका वडा.न ४ का वडा अध्यक्ष चन्द्र देब बोहराले वताए ।
भौगोलिक विकटता, चेतनाको अभावका बावजुत पनि गाउँपालिकाको सेवा चुस्त, दुरुस्त र प्रभावकारी छ अधिकृत ऐडीले बताए ।
फेरी पनि सरकार सञ्चालन ऐन, नियमलाई टेकेर प्रशासनिक कार्य गर्न आफुहरु प्रतिबद्व रहको जानकारी ऐडीले दिए ।
डडेल्धुरा जिल्लाका अन्य स्थानीय तहहरुको तुलनामा आलिताल गाउँपालिका स्थानीय सरकार सञ्चालन ऐनको परिधीमा रहेको गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले वताए ।
यो संस्थागत स्व–मूल्याङन तथा क्षमता अभिबृद्वि अभिमुखीकरण कार्यक्रमले आवश्यक सुचाङ पुरा गर्न वल पुगाउने गुरुङले बताए ।
बढि भन्दा बढि प्रबिधीको सदुपयोग, प्रशासनीक काम कारवाहीलाई चुस्त, दुरुस्त छ । विगत देखी आजका दिन सम्म कहि पनि हामी चुकेका छैनौ उनले थपे ।
बैसाख ९ र १० गते २ दिने स्व–मूल्याङ्कन सम्म गाउपालिकामा सञ्चालन भएको हो ।
गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्ष , जनप्रतिनिधी, वडा सचिव, विषयगत साखाका प्रमुखहरुको सहभागितामा संस्थागत स्व–मूल्याङकन तथा क्षमता अभिबृद्वि अभिमुखीकरण कार्यक्रम भएको गाउँपालिकाले जनाएको छ ।
उक्त अभिमुखीकरणको सहजीकरण अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रशाद उपाध्यायले गरेका हुन ।
