नेपाल बिद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको चरम लापरवाही पाईएको छ ।
यो लापरवाही सव्द नौलो नभई पुरानै हो , पुरानो भई सक्यो । डडेल्धुरा वितरण केन्द्र अन्तरगत , कटाल नो लाईट सेवामा समेत चरम लापरवाही हुने गरेको गुनासो आएको छ ।
यो घटना पनि नौलो होईन मनपरी बिधुत लाईन काटी दिने, असारको महिना रोपाईका लागि मोटर चलाउन बिधुत चोरी संगै छताछुल्ल पोल, तारको अवस्था रहेको बर्षाै विती सकेको छ । पटक –पटक कार्यालय प्रमुख परिर्वतन भएर आउछन तर यो समस्या भने अहिले सम्म टरेको छैन । मनपरी टवर वाट मिटर रिडीङको अवस्था छ भने, परशुराम नगरपालिकाको सादनी र परिगाउँमा छरपष्ट अवस्थामा रहेको बिधुतको तारमा वेरीएर करेन्ट लागेको घटना हामी सामु ताजै छन ।
बिशेस गरी, चैत्र , बैसाख र जेष्ठ अन्तीम सम्म मौसम गडबढी हावाहुरी आउने समयमा समेत बिधुत प्राधिकरका कर्मचारीहरु हाईअलर्टमा न वस्नु पनि दुखद विषय रहेको छ ।
यति यति मात्र मनपरी तवरमा सटडाउन भयो, सोधपुछका लागि फोन गर्दा सकभर फोन उठ्दैन उठि हालेमा बेखवर÷अनुत्तरीत जवाफ आउने गरेको गुनासो परशुराम ४ कटालका विर बहादुर बोहराले बताए ।
बोहराले भने हावाहुरीले परशुराम नगरपालिका ४ कटाल,पोखरी टोलको सडक विचमा हावाहुरीले पोल भाचीयो तार सडकमा छरपष्ट छ यो त खतरा भयो भनी फोनमार्फत जानकारी गराउदा २ दिन सम्म सडक अवरुद्व रहनु विडम्वना रहेको उनले सुनाए ।
यो मात्र होईन परशुराम नगरपालिकाको बिभिन्न क्षेत्रमा ट्रान्सर्फमर जडान छन तर सुरक्षित घेरवार छैन , यो त नगरपालिकाको मात्र खवरहो जिल्लाका ७ वटै स्थानीय तह जहा बिधुत सेवा सुचरु रहेको छ , ति टोल वस्तीमा अन्धकार बन्नु परेको छ , जोखीम पनि बढी रहेको स्थानीयहरुको गुनासो रहेको छ ।
यस बिषयमा स्थानीय सरकारहरु पनि बेखवर रहेकाछन । स्थानीयसरकारलाई सेवा दिन कठाीनाई हुदा समेत वेखवर भई रहनु झन दुखद पक्ष रहेको स्थानीय युवा तथा परशुराम पोलीक्लिनिक सञ्चालक दिनेश जोशीले वताए ।
बिद्युतको पोल परिवर्तनका लागी निवेदन लिएको दुई वर्ष सम्म पनि पोल परिवर्तन नगरेको , कुहिएको काठको पोल कति बेला खस्छ र दुर्घटना हुन्छ भन्ने भयमा स्थानिय छन । केही दिन अघि मात्रै अजयमेरु गाउपालिका १ समैजीमा घाँस काट्दै गर्दा रुखमा छोएको तार बाट करेन्ट लागी २२ वर्षिय एक युवतीको ज्यान गयो । केही वर्ष पहिले मात्रै पोेखरा बजार नजिकै काठका पोल ढल्दा गाई लगायत घर पालुवा जनावर मरे ।
जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रका सयांै स्थानमा बिद्युतका तार भुईमै छरपष्ट छन । सयौ रुखमा तारले छोएको छ जोखिम उच्च छ । स्थानियले बारम्बार बिद्युत प्राधिकरणलाई जानकारी गराउदा समेत समस्याको समाधान हुन सकेको छैन ।
