प्रवासमा अस्ताए कृष्ण बोहरा : माओवादी केन्द्र डडेल्धुरा द्वारा सोक

पदम जोरा,डडेल्धुरा

भारतमा संगठीत नेपाली युवाहरुको संगठन मेची महाकाली जागरण अभियान भारतका अध्यक्ष कृष्ण बोहरा प्रवासमा अस्ताएका छन । भारतमा व्यवसाय गर्दै आएका वोहराको अकस्मात स्वास्थ्यमा समस्या आएपछि भारतको फरिदावादमा निधन भएको हो ।
अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय सदस्य समेत रहेका बोहराको चार दिनबाट स्वास्थ्यमा समस्या रहेको परिवार श्रोतले जनायो ।
वोहराको निधन प्रति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डडेल्धुराले सोक बक्तव्य जारी गरेको छ ।
माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह मालद्वारा हस्ताक्षरीत सोक बक्तव्यमा अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय सदस्य मात्र नभई पार्टीको एक कुशल योद्वा सिपाई गुमाउनु परेकोले पार्टीलाई क्षती पुगेको जनाइएको छ ।

बोहराले भारतमा वसेर पनि पार्टी र संगठनका लागि ठूलो योगदान पुगाएको छ । अल्पआयुमै उनको निधन भयो दुःखद् घटना प्रति सोक व्यक्त गर्दछु र मृतकका परिवारजनमा ईश्वरले धर्यधारण गर्ने क्षमता प्रदान गरुन प्राथना गर्दछु मालले गाउँघर अनलाईन लाई सुनाए ।
केही दिन देखी कोठामै आराम गरिरहेका वोहराको एक्कासी स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लगीएको थियो । अस्पतालमा उनको उपचार हुन नसक्दा मंगलबार दिउँसो मृत्यु भएको बोहराका भान्जा मदन धामी (कुशल)ले जानकारी दिए ।
भारतको हरियाणा राज्यको फरिदावादमा भण्डै एक दशक देखी व्यवसाय गर्दै आउनु भएका बोहरा कुशल व्यवसायी मात्र नभई नेपाल र भारतका एक दर्जन बढी सामाजिक संघ संस्थामा आवद्द थिए ।

बोहरा अध्यक्ष रहेको मेची महाकाली जागरण अभियान नेपालीहरुको भारतमा रहेको एक प्रतिष्ठित सेवा मुलक संस्था हो । सोही संस्थाले गत वर्ष कोरोना महामारी फैलिएका बेला भारतमा रोजगारी गुमाई अलपत्र रहेका नेपालीहरुलाई खान, बस्न र घर फर्कन गाडिभाडा समेत सहयोग गरेको थियो ।
मृतक बोहोरा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका वडा.न ३ र ५ का स्थायी वासिन्दा हुन् । उनका एक छोरा, एक छोरी र श्रीमती उनी संगै भारतमा बस्दै आएका छन् । भने अन्य परिवारका सदस्य गाउँमै छन । बोहराको निधनले गाउँ नै सोकमा डुबेको छ भने , घर परिवारका अन्य सदस्य पनि भावविह्ल छन ।

bb

Leave A Reply

Your email address will not be published.