पदम जोरा,डडेल्धुरा
आसयको फोटो
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा.न. २ वयलपाट बस्ने २० बर्षिय भावना जोरा मुटु रोगले ग्रसीत भई गङगालाल हृर्दय रोग केन्द्र, काठमाडौंमा उपचाररत रहेकीछन ।
भावनाको उपचारका लागि कोरीया देखी स्वदेश र विदेशवाट आर्थिक संकलन भई रहेको छ ।
भावनाको अप्रेसन सफल भएको भए पनि अझै थप उपचार गर्नु पर्ने भावनाका बुवा लाल सिंह जोराले वताए ।
भवनाको वुवाको घरायसी आर्थिक अवस्था कमजोर भएका कारण बिभिन्न क्षेत्रवाट भवनाको उपचारका लागि सहयोग संकलन भई रहेको छ ।
भावनाको उपचारका लागि भागेश्वर गाउँपालिका, वडा कार्यालय, संगै गाउँ वासीहरु, व्यपारी, उद्योगी राजनैतिककर्मीहरुले आर्थिक सहयोग गरेको र छोरीको अप्रेसन सफल भएको भावनाका वुवा लालसिंश जोराले गाउँघर अनलाईन लाई जानकारी दिए ।
अझै थप उपचार गर्नु पर्ने भएकाले पैसा अपुग हुन सक्ने हुँदा देश बिदेशमा बस्ने आफन्तहरु संग उनले सहयोगकालागि अनुरोध गरेका छन ।
भवनाका वुवा लालसिंहले छोरीको अप्रेसनका दौरानमा रक्तदान गर्नु हुने राज कोइराला र राजकुमार राई लाई धन्यवाद समेत दिएकाछन ।
भावनाको जिवन रक्षाका लागि दक्षिण कोरीया रोजगारीमा रहेका नेपाली र विशेस गरि रुपालीहरुको पहलमा आर्थिक संकलन भएको रुपाल २ वयलपाटका अनिल जोराले जानकारी दिए ।
अन्य सहयोगीहरुमा रुपालकै वडा.न १ पिडासाउ नरेश ठकुराठी, नरेश ठकुराठी, राजेन्द्र रिमाल , सुनिल ठकुराठी, यज्ञराज जोशी, प्रदिप सापकोटा ,जीवन खड्का , कोसिस ओझा , योगराज जोशी , बसन्त बोहरा , टेकबहादुर मडै, चेतराज पनेरु र लोगराज पाण्डेयले आ–आफ्नो गक्ष अनुसार कोरीयावाट आर्थिक सहयोग भावनाका परिवारलाई नेपाल पठाएको कोरीयावाट अनील जोराले जानकारी दिए ।
