पदम जोरा,धनगडी
शिबपुरिधाम को ९ औ साधारणसभा बाट निर्बिरोध निर्बाचित कार्य समिती लाई सपथग्रहण र पदस्थापन गरिएको छ । प्रदेश सभा सदस्य डिल्ली राज पन्त को प्रमुख आतिथ्यता र धनगडी महानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टको विशिष्ट आतिथ्यता निर्वाचन अधिकृत अधिबक्ता प्रयागराज भट्टले निर्बाचित अध्यक्ष लगायत कार्यसमिती लाई सपथ ग्रहण गराएको हो ।
सोही अवसरमा निबर्तमान अध्यक्ष श्याम सुन्दर तायलले नवर्निवाचित अध्यक्ष बल्देब प्रसाद भट्ट लाई माईन्युट हस्तान्तरण गरेका छन ।
धामका प्रमुख संरक्षक स्वामी लोकानन्द ले दुई जना लाई संरक्षक राख्न पाउने ब्यबस्था अनुसार स्वामी जि बाट संरक्षक मा मान बहादुर खड्का र श्याम सुन्दर तायल लाई संरक्षक नियुक्त गरि प्रमाण–पत्र समेत वितरण गरेको छ ।
