पदम जोरा,डडेल्धुरा
सूदुरपश्चिम प्रदेशका शांसद गोविन्दराज बोहराले डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ सकायलकी क्यान्सर पिडित धनादेबी पार्कीलाई आर्थिक सहयोग गरेकाछन ।
कार्यकर्ता भेटघाटका दौरानमा गन्यापधुरा ३ सकायल पुगेका काँग्रेस डडेल्धुराका नेताहरुवाट आर्थिक संकलन गरि २१ हजार ८ सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरीएको काग्रेस डडेल्धुराका सचिव लक्ष्मी प्रशाद अवस्थीले जानकारी दिए ।
पार्कीको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहज होस भनी गाउँ पुगेका जिल्ला तहका नेताहरु वाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको अवस्थीले गाउँघर अनलाई जानकारी दिए ।
