लक्ष्मण पार्की,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकाका युवाहरु सामाजिक उत्तरदायित्वमा सकृया भएकाछन ।
२ वटै मृगौला फेल भएका परशुराम नगरपालिका वडा.न. ४ कटालका जितेन्द्र टमटाको उपचारमा सहयोग स्वरुप युबाहरुले २०७७ सालको होली खेली आर्थिक संकलन जुटाएकाछन ।
दुई वटै मृगौला फेल भएका टमटाको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारमा समस्या भई रहेको छ । उनको उपचार गर्न सक्ने पारिवारीक अवस्था समेत न रहेकाले आर्थिक संकलन जुटाउन लागिएको युवाहरुले वताएकाछन ।
मर्दा र पदार्मा मानविय धर्म निभाउन अभियान थालिएको थोरै भए पनि होली खेली आर्थिक सहयोग गर्ने उदेश्य वोकी आर्थिक संकलन गरी रहेको अभियानका १ जना युवा रोहन ऐरले बताए ।
रेडज्वाला आर्थिक सहयोग कमीटी गठन गरी आर्थिक सहयोग भई रहेको ऐरले बताए ।
आईतवार सम्म जितेन्द्रको सहयोग स्वरुप ३८ हजार ३ सय ४१ रुपैया आर्थिक संकलन भएको बिश्व हिन्दु युबा संघ परशुरामका अध्यक्ष रोहन ऐरले जानकारी दिए ।
जितेन्द्रको २ वटै मृगौला फेर्नु पर्ने भएकाले परशुरामका बिभिन्न क्षेत्र, टोल वस्ती, समाजसेबी बुद्विजीबी , राजनितिकर्मी, जनप्रतिनिधी, उद्योगी, व्यापारीहरुवाट आर्थिक संकलन जुटाउन लागेको ऐरले गाउँघरन्यूज अनलाईनलाई जानकारी दिए ।
होली पर्व लक्षित मात्र नभई अझै अभियना जारी रहेकाले फजुल खर्च कटाई जितेन्द्र बचाउँ अभियानमा आर्थिक सहयोग गर्न समेत युवाहरुको समुहले सबैमा आग्रह गरेको छ ।
