डडेल्धरा,परशुराम नगरपालिकाको मेयर कप बोहरा हार्डवयरको टिमले हात पारेको छ । डडेल्धुराको परशुराम नगरपालिका १२ स्थित परशुराम रंग मैदानमा दोस्रो मेयर कप भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खुला पुरुष भलिबल प्रतियोगितामा १४ वटा टिमहरुको सहभागिता रहेको थियो । एक लाख धन राशीको पुरुस्कार बोहरा हार्डवयर जोगबुडा जित्न सफल भएको छ । चैत्र १० गते देखि सन्चालन भएको खुला पुरुष भलिबल प्रतियोगिता र नगर स्तरिय महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम बोहरा हार्डवयर जोगबुडाले एक लाख नगद सिल्ड प्रमाण पत्र र मेडल, द्धितिय परशुराम १ पचास हजार सिल्ड, प्रमाण पत्र र मेडल र तृतिय गोजा सिचाँईले पच्चिस हजार प्रमाण पत्र र मेडल पाएको छ । नगर स्तरिय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमहरुको सहभागीता रहेको थियो । नगर स्तरिय महिला भलिबल प्रतियोगिता पच्चिस हजार धन राशीको उपाधि त्रिबेणि बहुमुखि क्याम्पसले जितेको छ ।
नगर स्तरिय महिला भलिबल प्रतियोगितामा प्रथम त्रिबेणि बहुमुखि क्याम्पसले पच्चिस हजार, प्रमाणपत्र, शिल्ड र मेडल द्धितिय परशुराम-१ ले बिस हजार प्रमाण पत्र, सिल्ड र मेडल र तृतिय शैलेश्वरी मा.बि. तुलाभाडीले पन्ध्र हजार, प्रमाण पत्र सिल्ड र मेडल पाएको छ । खेलमा उत्कृष्ट खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
