भुबनेश्वरी नमुना माबिले स्वर्ण पदक बिजेता खेलाडी र बिद्यालयलाई सम्मान

पदम जोरा, जोगबुडा

परशुराम नगरपालिकाको आयोजनामा परशुराम १२ रंगमैदानमा २०७७ चैत्र ७ गते देखी सञ्चालन भई चैत्र ११ गते सम्पन्न भएको मा.बि.स्तरीय राष्टपति रनिङ सिल्डमा २० स्वर्ण पदक बिजेता भुवनेश्वरी नमुना मा.बि परशुराम ५ परिगाउँले स्वर्ण पदक वितेका अन्य, बिद्यालय, सहभागि खेलाडी बिधार्थी, खेल शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
चैत्र १३ गते सुक्रवार विद्यालय प्राङगणमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष खडक वहादुर बोहराको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीमबहादुर साँउदको प्रमुख अतिथ्यता एबम् नेपाली कांग्रेसका पुर्व जिल्ला उप–सभापति कैलाशकुमार पाण्डेयको विशिष्ठ आतिथ्यतामा सम्मान कार्यक्रम आयोजना गरीएको बिद्यालयका प्रधानाध्यापक डम्वर सिंह थ्वालले जानकारी दिए ।

नगरपालिकाका संस्थागत र सामुदायिक गरी १६ माद्यमिक बिद्यालयहरुले १२ औं राष्टपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाएका थिए भने भुवनेश्वरी मा.बि.परशुराम ५ परगाउँले २० स्वर्ण पदक हात पारेको थियो ।
सोही खुसीयालीमा भुवनेश्वरी नमुना मा.बि.ले बिद्यार्थीहरुको हौसाला बढाउन, शिक्षक गुरुहरुलाई अझै जिम्मेवार बनाउन र अभिवाकहरुको सकृयाता देखाउन कार्यक्रमको आयोजना गरीएको प्र.अ.थ्वालले गाउँघर न्यूजलाई जानकारी दिए ।
हरेक क्षेत्रमा काम गर्ने क्रममा बाधा आउने गर्दछन ति वाधा अर्चनलाई समिक्षा गरी सुल्झ्याउन सकिन्छ ।
राम्रो काममा हौसला र कमी कमजोरीलाई सच्यान सहज होस भन्ने उदेश्यले सबै बिद्यालयका शिक्षक, प्र.अ.बिद्यार्थीहरु विच अन्तरक्रिया समेत गरीएको उनले बताए ।
सम्मान कार्यक्रमको अवसरमा विद्यालयको सर्वांगिण विकासमा बिभिन्न क्षेत्रवाट अतुलनीय सहयोग पुगाउने बिभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरीएको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष खडक बहादुर बोहराले बताए ।
उक्त सम्मानका कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका परशुराम नगरपालिकाका नगर–प्रमुख भीमबहादुर साउँदले बिद्यार्थीहरुको पहिलो पाठशाला घर, पहिलो गुरु आमा भएकाले भुवनेश्वरी नमुना मा.बि.का छात्र/छात्राहरुको अनुशासन अनुकरणीय रहेको बताए ।
यस विद्यालयका बिद्यार्थीहरु अनुशासन , खेल क्षेत्र र पठन पाठनमा पनि लगनशिल छन ।
परशुराम नगरपालिकाको शैक्षिक सुधारमा पनि यस बिद्यालय जस्तै अन्य विद्यालयहरुले जिल्ला प्रदेश र राष्ट्र र अन्तराष्ट्रमा चिनाउन भुवनेश्वरी नमुना मा.बि. परशुराम ५ परिगाउँको पाठ सबै बिद्यालयले सिक्नु जरुरी रहेको उनले औल्याए ।
प्रबिधि संग–संगै हिड्न सकेन भने पछि परिन्छ भन्दै नगर–प्रमुख साउँदले समय सापेक्ष प्रबिधी संग परशुरामका सबै बिद्यालयलाई जोड्न नगरपालिकाको प्रयास जारी छ । शैक्षिक सुधार गरौं, नगरपालिकाले र मैले व्यक्तिगत रुपमा कहा के कस्ता कसरी सयोग गर्नु पर्छ तयार छु उनले थपे । शैक्षिक सुधार र बिद्यार्थीहरुको अनुशासनका लागि बिशेसगरी बिद्यार्थी, बिद्यालय प्रशासन र अभिवाबकको त्रिकोणत्मक सम्बन्ध मजबुद हुनु पर्ने समेत उनले बताए ।

bb

Leave A Reply

Your email address will not be published.