भुवनेश्वरी नमुना मा.बि.द्वारा पत्रकार पदम जोरा सम्मानीत

लक्ष्मण पार्की,जोगबुडा

डडेल्धुरा जिल्लाको भित्रीमधेष क्षेत्रमा सञ्चालित पहिलो सामुदायिक रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जका स्टेसन म्यानेजर पदम जोरा सम्मानीत भएकाछन ।
गत बर्ष कोरोना कहरका वेला यस क्षेत्रको शैक्षिक क्षती न्यूनीकरणमा सञ्चारका माध्यमवाट अतुलनीय सहयोग पुगाएको भन्दै परशुराम नगरपालिका वडा.न ५ मा अवस्थीत भुवनेश्वरी नमुना माद्यमिक बिद्यालय परिगाउँले जोरा लाई सम्मान गरेका हो ।२०७३ साल देखी भित्रीमधेशका जनतालाई रेडियोको ध्वनी तरंगका माध्यमवाट सुचना, सन्देश मनोरञ्जनमा टेवा पुगएको भन्दै उनलाई सम्मान गरीएका हो ।

सत्य, तथ्य र निष्पक्ष समाचार दिने प्रखरवक्ता प्रेस युनीयन डडेल्धुरा साखा सदस्य समेत रहेका पदम जोरा लाई १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७७ को सिल्ड बिजेता भुवनेश्वरी नमुना माद्यमिक बिद्यालय परशुराम ५ परिगाउँले सम्मान गरेको हो ।
पत्रकार पदम जोरा संगै बिभिन्न बिद्यालयका शिक्षक ,प्र.अ., बिद्यार्थी, खेलाडी छात्र/छात्रा र बि.व्य.स.अध्यक्ष समेत सम्मानीत भएका हुन ।
बिद्यालयद्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वणर््ा पदक विजेता खेलाडी छात्र÷छात्रा, बिद्यालय, खेलशिक्षक, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितीलाई सम्मान कार्यक्रम द्वारा पत्रकार पदम जोरा सम्मानीत भएका हुन ।
ऊनलाई बिद्यालयका प्रधानाध्यापक डम्वर सिंह थ्वाल, कार्यक्रमका प्रमुख अतिथी परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादु साउँदले दोसल्ला ओडाई सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेका हुन ।
अझै आगामी दिनमा पनि शैक्षिक सुधारमा पत्रकार पदम जोराको कलम तिब्र रुपमा चल्दै जावस भन्दै बिद्यालयका प्र.अ.डम्बर सिह थ्वाल र नगर प्रमुख भीम बहामदुर साउँदले सुभकामना दिएका थिए ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष खडक वहादुर बोहराको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साँउदको प्रमुख अतिथ्यतामा सुक्रवार विद्यालय प्राङगणमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो चरणको कोभिड –१९ कोरोना भाईरसको जोखीमका वेला आफु आवद्व रेडियो परशुराम एफ.एम. ९१.२ मेघाहर्ज वाट पत्रकार पदम जोराले २०७६ साल फागुन १ गतेवाट रेडियो पाठाशाला कार्यक्रम सञ्चालन गरेको र कार्यक्रम श्रोतामुखी बनेको थियो । फागनु ११ गते देखी विश्व ब्यापी कोभिड १९ को संक्रमण विश्वभर फैलियो एसईई र कक्षा १२ र ११ संगै त्रिभुवन विश्व विद्यालयका बार्षिक परिक्षा समेत स्थगीत भएका थिए ।
त्यस पश्चात रेडियो पाठशाला कार्यक्रमले झन लोकप्रियता कमाएको शैलेश्वरी माद्यमिक विद्यालयका प्र.अ.नरेशविष्टले वताए ।
नयाँ सोच, र खोज पत्रकारीता संगै उर्जावान पत्रकार पदमजोरामा कला क्षमता र कौशलता छ । सहि सदुपयोग गर्नु पर्ने र यस क्षेत्रका श्रोताले दिएको माँया र विश्वास अझ प्रगाढ वनाउन जरुरी रहेको साहित्यकार कैलाश कुमार पाण्डेयले वताए ।

bb

Leave A Reply

Your email address will not be published.