पदम जोरा, जोगबुडा
नेपाल शिक्षक संघ डडेल्धुराको २१ औं र २२ औं जिल्ला प्रतिनिधीसभा शनिवार जिल्ला सदरमुकाम स्थित किसुन जी भवनमा सम्पन्न भएको छ ।
सनिवार सम्पन्न सभाले शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहरा सहित दर्जन बढि शिक्षकलाई सम्मान गरेको छ ।
नेपाल शिक्षक डडेल्धुराका अध्यक्ष कर्ण बहादुर मडैको अध्यक्षता तथा नेपाली कांग्रेसका पुर्व केन्द्र्रीय सदस्य मनमोहन भट्टराईको प्रमुख आतिथ्यतामा प्रतिनिधी सभा सम्पन्न भएको हो ।
कार्यक्रमका बिशिष्ठ अतिथी शिक्षक संघ सूदुरपश्चिम प्रदेश अध्यक्ष विर्ख मल्ल, नेपाली कांग्रेस डडेल्धुराका सभापती तथा सदुरपश्चिम प्रदेश सांसद कर्ण बहादुर मल्ल रहनु भएको थियो ।
प्रतिनिधी सभाले शिक्षक संघमा आवद्व रहि शैक्षिक क्षेत्र र संघलाई मजवुद पार्नमा अतुलनीय सहयोग गर्ने जिल्लाका बिभिन्न विद्यालयमा कार्यरत रहि निबृत भएका शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाका १२ वटै वडामा शिक्षक संघको संगठन विस्तार संगै भित्रीमधेषको शैक्षिक गतीबीधी बढाउनमा अतुलनीय सहयोग पुगाएको भन्दै शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहरालाई सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरीएको शिक्षक संघ डडेल्धुराका सचिव असोक बलले जानकार दिए ।
त्यसै गरी अशिग्राम माद्यमिक विद्यालय भागेश्वर २ रुपालका पुर्व प्रधानाध्यापक भीमदत्त भट्ट समेत सम्मानीत भएकाछन ।
बि.स.२०४३ साल देखी निरनतर जिल्लाको र्दुगम बस्ती रुपालको शैक्षिक क्षेत्रमा पुगाएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सम्मान गरीएको शिक्षक संघ डडेल्धुराका अध्यक्ष कर्ण बहादुर मडैले बताए ।
भट्ट सहित संघमा आवद्व रहि संगठनलाई गतिशिल वनाउन योगदान पुगाउने जिल्लाका बिभिन्न बिद्यालयका निबृत भएका अनय शिक्षक हरुलाइ समेत सम्मान गरीएको छ ।
उक्त सभाले नेपाल शिक्षक संघंमा आवद्व जनशक्ति लाई अव शैक्षिक उपलब्धी संगै समाज रुपान्तरणका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।
कोरोना कहरका वेला जनताको मनोवल उच्च राख्नमा शिक्षकहरुको ठूलो योगदान रहेको ठहर गरेको छ ।
बिद्यालयमा क्वारेन्टीन, आईसोलेसन बनाउदा व्यवस्थापनमा शिक्षकहरुको जिम्मेवारीलाई सरकारको दोशी चस्माले हेर्न नसकेको शिक्षक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष बिर्ख मल्ले बताए ।
शिक्षकहरुको पेषागत हकहितमाथि पनि वर्तमान सरकार उदाशिन रहेको आरोप मल्लले लगाए ।
अव हामी सुरक्षित हुन र पेषागत सुरक्षाका लागि शिक्षक, बिद्यालय कर्मचारी, वालबिकास सहजकर्ताहरु गोलवद्व भई पेषा सुनिश्चत हुने उनको ठम्याई थियो ।
यो सरकारले समाजका ऐना शिक्षकलाई न्यून दर्जाले हेर्ने गरेको समेत उनले आरो उनले लगाए ।
