पदम जोरा, जोगबुडा
प्रतियोगिता आसयको तस्वीर
डडेल्धुराको परशुराम नगरपालिकाले १ लाख पुरुस्कार धनराशीको दोस्रो मेयरकप खुल्ला भलिबल प्रतियोगिता २०७७ चैत्र १० देखी संचालनको तयारी पुरा गरेको छ ।
गत बर्ष कोरोना कहरका कारण मेयरकप सञ्चालन नभई खेल क्षेत्रमा क्ष्यतीपुगेको थियो ।
नगरपालिकाको कार्यपालिका बैठकको निर्णयले चैत्र १० गते देखी खुल्ला भलिवल प्रतियोगिता संचालन गर्ने प्रतियोगिता संयोजक तथा परशुराम नगरपालिका वडा.न ८ का वडा अध्यक्ष गोविन्द सिंह बोहराले जानकारी दिए ।
परशुराम नगरपालिका १२ स्थित परशुराम रंगमैदानमा चैत १० गते देखि प्रतियोगिता संचालन हुने बोहराले गाउँघरन्यूज लाई जानकारी दिए ।
सोही अवसरमा महिला भलिवल प्रतियोगिता समेत सञ्चालन गरीने प्रतियोगिता समिती सदस्य तथा कार्यपालिका सदस्य हरिना कामीले वताईन ।
मेयरकप खुल्ला भलिबल प्रतियोगिताको उपाधि विजेता समुहलाई नगद १ लाख पुरस्कार सहित ,शिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरीनेछ ।
महिला भलिबल प्रतियोगितामा उपाधि जिेतालाई समुहलाई नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरीनेछ ।
पुरुस्कार राशिमा नेपाल सरकारको नियमानुसार करकट्टी गरीने नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।
मेयरकप खुल्ला भलिबल प्रतियोगितामा द्धितिय र तृतिय हुने समहुले क्रमश ५० हजार र २५ हजार नगद प्रदान गरीने भएको छ ।
महिला भलिबल प्रतियोगितामा द्धितिय र तृतिय हुने समुहलाई क्रमश २० हजार र १५ हजार नगद, मेडल, प्रमाण–पत्र प्रदान गरीने भएको छ ।
