परशुराममा राष्टपति रनिङ सिल्ड प्रतियोगिता सुरु : मेयर साउँद द्वारा उद्घाटन


‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारा सहित परशुराम नगरपालिका १२ स्थित परशुराम रंगमैदानमा १२ औं राष्टपति रनिङ सिल्ड प्रतियोगिता शिनवार वाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन परशुराम नगरपालिकका नगर–प्रमुख भीम बहादुर साउँदले गरेकाछन ।
जिल्ला स्तरीय १२ औं राष्टपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट पुर्व प्रतियोगिता सञ्चालन भएको छ ।
नगरपालिकाको बार्षिक शैक्षिक कार्यक्रम अन्तरगत प्रतियोगिता सञ्चालन गरीएको शिक्षासाखा परशुरामका प्रतिनिधी केहर सिंह बडैलाले जानकारी दिए ।
गत बर्ष कारोना कहरका काररण प्रतियोगिता हुन नसकेकाले यस वर्ष प्रतियोगिता सञ्चालन भएको बडैलाले जानकारी दिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको सभापतित्वमा प्रतियोगिता उद्घाटन भएको हो ।
प्रतियोगिता उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रतियोगिता संयोजक एबम् परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले सहभागि छात्र–छात्राहरुलाई अनुशासित , मर्यादति भएर खेलमा सहभागिता जनाई प्रतिभा प्रदर्सन गर्न आग्रह गरेका छन ।
परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहरा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी सहभागि प्रतियोगिता परशुराम नगरपालिका १२ स्थित परशुराम रंग मैदानमा उद्घाटन भएको हो ।
प्रतियोगितामा परशुराम नगरपालिका भित्रमा संस्थागत र सामुदायिक १६ वटा माद्यमिक बिद्यालयकाको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिभिन्न पाचँ वटा बिधामा खेल खेलाईने प्रतियोगिता संयोजक लक्ष्मण सिहं मडैले जानकारी दिए ।
प्रतियोगिता चैत्र ९ गते सम्म सञ्चालन हुने समेत उनले गाँउघरन्यूजलाई जानकारी दिए ।
उद्घाटन पश्चात शनिवार सम्पन्न १०० मिटर २०० मिटर , ४०० मिटर, ८०० मिटर र रिले दौड प्रतियोगितामा भुवनेश्वरी नमुना मा.बि.परशुराम ५ परिगाउँले अग्रता कायम राखेको छ । अन्य खेलहरु चैत्र ९ गते सम्म नियमित खेलाईने भलिवल खेलका राष्ट्रिय रेफ्रि तथा प्रतियोगिता संयोजक लक्ष्मण मडैले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.