डडेल्धुरा, भागेश्वर गाउपालीकाको दूर्गम नदी तटीय बस्ती वार्ड नं. १ चुडी गाउमा लघु जलविद्युत आयोजनाको निर्माण कार्य संचालनमा आउने भएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाण्डौ र अक्सफाम नेपालको उज्यालो परियोजना अन्र्तगत सम्पन्न हुने उक्त कार्यक्रममा भागेश्वर गाृपालीकाको समेत साझेदारी रहने छ ।
गाउपालीकाको अती दूर्गम बस्ती चुडी गाउमा, महाभारत पर्वतवाट बग्ने चामगाडबाट ल्याईएको ३.५ किलोमिटर लामो पक्की कूलोलाई सिंचाई सहित लघुजलबिद्युत प्रयोजनका लागी प्रयोग गरीने र उक्त आयोजनाबाट गर्मीमा २० देखी २५ र बर्षतमा ४५ देखी ५० किलोवाड बिद्युत उत्पादन हुने कुरा परियोजना संग आवद्ध अक्सफामका ईन्जीनिएर एन्जील अधिकारीले जानकारी गराउनुभयो ।
भागेश्वर गा.पा.का अध्यक्ष कौशिला कुमारी भट्टको प्रमुख आतिथ्यमा संचालीत चामागाड लघुजलवीद्युत आयोजनाको सुभारम्भ कार्यक्रममा कार्यक्रमको सभाध्यक्षता गर्नुभएका रुडुकका राष्ट्रिय निर्दृेशक डा. कृष्ण कुमार श्रेष्टले परियोजनाको कूल लागत जनश्रमदानसहीत १ करोड रहने र जसमा भागेश्वर गा.पा.को पनि सहकार्य आवश्यक रहेको कुरा बताउनुभयो ।
हामी उज्यालो भागेश्वर कार्यक्रमको दौरानमा छौ जुन कार्यक्रम अन्र्तगत रुडुकले निर्माण गर्न लागेको यस आयोजनाले हाम्रो अभियानलाई समेत सहयोग सावीत गर्ने भएकाले उत्पादित बिजुलीलाई प्राथमीकताका आधारमा सम्बन्धित गाउ र अन्य गाउहरुमा समेत बिस्तार गर्न गाउपालिकाको सदैव सहयोग रहने कुरा अध्यक्ष भट्टले ब्यक्त गर्नुभयो ।
लगत्तै डिटेल सर्बे सहित परियोजना निर्माणको कार्य थालनी गरी डिसेम्बर २०२१ भित्रै समुदायमा बिजुली वाल्ने परीयोजनाको लक्ष रहेको कुरा रुडुकका कार्यक्रम अधिकृत अमर साउदले जानकारी दिनुभयो ।
