अशिग्राम माबि रुपालका निर्वतमान प्र.अ.भीमदत्त भट्टको विदाई

पदम जोरा,रुपाल

डडेल्धुरा जिल्लाको पुरानो सामुदायिक माद्यमिक बिद्यालयमा २०४३ साल देखी कार्यरत शिक्षक भीमदत्त भट्टको मंगलवार विदाई गरीएको छ ।
शिक्षण पेषावाट निबृत भएका भागेश्वर गाउँपालिका वडा.न ३ सतिागाउँ घर भएका शिक्षक भट्ट अशिग्राम माद्यमिक बिद्यालयमा बि.स.२०४३ साल देखी शिक्षण पेषामा आवद्व थिए ।
कुशल प्रशासक समेत रहेका शिक्षक भट्टले अशिग्राम मा.बि.स रुपालको प्र.अ.को जिम्मेवारी समेत सम्हालेका थिए ।
पेषामा दखल शिक्षकको विदाईले आखा रसाएको बताउछन उनका शिष्य तथा सोही बिद्यालयका शिक्षक भीम बहादुर ठकुराठीले बताए ।
मंगलवार बिद्यालय व्यवस्थापन समिती अध्यक्ष किरन जैशीको अध्यक्षतामा औपचारीक कार्यक्रम सहित निवर्तमान प्रधानाध्यापक भट्टको बिदाई गरीएको सोही विद्यालयका शिक्षक लालसिंह साउँदले गाउँघरन्यूजलाई जानकारी दिए ।
शिक्षक कर्मचारी, अभिवाबक, बिद्यार्थी, समाजसेबी, बु्द्विजीबी, शिक्षाप्रेमी, जनप्रतिनीधीहरु उपस्थित सभाले भट्टको विदाई गर्दै उनको निबृत जिवनको सुभकामना दिदै फुलमाला, अविर सहित विदाई गरेका छन ।
विदाई गर्दै गर्दा , शिक्षक, बिद्यार्थीहरुका आखाँ रसाए । पुराना हेडसर हाणन्थे , कक्षा ६ मा पढ्दा तर अहिले पछुतो छ । सायत हाम्रै लागी हो जस्तो आज लगी रहेको भन्छन उनका १ जना शिस्य सुरेन्द्र जोरा ।
विदाई समारोहमा आफ्नो भनाई राख्दै शिक्षक भट्टले भने ’ मेरा शिस्य नेता छन , शिक्षक, ईन्जीनीयर ओभरसियर, डाक्टर देखी पत्रकार ,सुरक्षाकर्मी छन हरेक तह र तप्कामा मेरा शिस्यछन त्यसैमा मलाई गौरव छ , त्यही मेरो कमाई हो ।
मेरा छात्र आज नेबिसंका निर्वमान केन्द्रीय अध्यक्ष छन , मेरा छात्र आज इन्जीनीयर अधिकृत सम्म छन त्यही मेरो खेती हो रुपाल वसाईको मेरो कमाई यही भउको भन्दै निवृत शिक्षक भट्टले आखा भरी आशु रसाए ।
केही समय सबै मञ्चलाई नै भाव विहल बनाए ।

bb

Leave A Reply

Your email address will not be published.