१११औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा देउडा प्रतियोगिता 

पदम जोरा,जोगबुडा 

डडेल्धुराको परशुराम नगरपालिकाले सचेतनामुलक देउडा प्रतियोगिताका साथ १११ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ ।

फागुन २४ गते सोमवार परशुराम १२ लालढुङगा वजार परिसरमा प्लेकार्ड वोकी नारा सहित सरकारी गैरसरकारी राजनैतिक क्षेत्रका सामाजिक अगुवा महिलाहरु परशुराम नगरपालिका १२ स्थित परशुराम रंग मैदानमा देउडा प्रतियोगिता सम्पन्न गरेको छ । परशुराम नगरपालिकाका नगर उपप्रमुख कलावती देबी बोहराको सभापतित्व तथा नगर प्रमुख भीम बहादुर साउँद को प्रमुख आतिथ्यताका प्रतियोगिता सम्पन्न भएको परशुराम नगरपालिकाकी महिला विकास सहायक निरिक्षक वविता थापाले जानकारी दिईन । प्रतियोगितामामा नगरपालिकाका बिभिन्न वडाहरुवाट आमा समुह, टोलविकास समुह, महिला स्वास्थ्य स्वयमसेविकाहरु गरि १४  टिमको सहभागिता रहेको थियो । समसामयिक राजनैतिक अवस्था , महिला हिसांको अवस्था ,  न्यूनीकरणका लागि गर्नु पर्ने प्रयास , महिला सशक्तिकरणका वारेमा सहभागिहरुले महिलाहरुले गित प्रतिगोगिताका प्रदर्षन गरेका थिए ।

प्रतियोगितामा परशुराम ४ कटालको आमा समुह प्रथम, राधाकृष्ण आमा समुह  परशुराम ४ चौराई कटाल द्वितिय , र्पुणपुर अआमा समुह परशुराम १२ जोगबुडाले  तृतिय स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सानत्वना सहित क्रमसः२० हजार, १५ हजार, १० हजार ५ हजार र सहभागि अन्य समुहलाई सान्तवना पुरुस्कार र प्रमाण–पत्र समेत प्रदान गरीएको सहायक निरिक्षक थापाले बताईन ।

प्रतियोगिताको अवसरमा रुडकु डडेल्धुराद्वारा आयोजित महिला भलिवल प्रतियोगिताको पुरुस्कार समेत वितरण गरीएको रुडुक डडेल्धुराका कार्याकारी निर्देशक सरस्वती खड्काले वताईन ।

bb

Leave A Reply

Your email address will not be published.