निजी लगानीमा सञ्चालित परशुराम पोलीक्लिनिक उद्घाटन

पदम जोरा,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका १२ जोगबुडामा पहिलो पटक परशुराम पोलीक्लिनिक प्राली संचालनमा आएको छ ।


स्थानीय नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यका साथ प्रा.लि संचालनमा आएको हो । पोलिक्लिनिकको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले मंगलवार विधीवत उद्घाटन गरेका छन ।
सानो–सानो उपचारका लागि मित्रराष्ट्र भारत र अन्यत्र धाउनु पर्ने बाध्यता लाई ध्यानमा राखी छिटो छरीतो बिशेसज्ञ डाक्टर द्वारा सबै खाले स्वास्थ्य उपचार सेवा दिने लक्ष्य सहित पोलीक्लिनीक संचालनमा ल्याएको प्रा.लिका संचालक दिनेस जोशीले जानकारी दिए ।
भित्रीमधेषका नागरीकको स्वास्थ्य समस्या नजीक वाट नियाल्दै व्यक्तिगत लगानीमा पोलीक्लिनीक संचालन गरेको जोशीले गाउँघरन्यूज लाई बताए ।
परशुराम ,आलिताल र भागेश्वरका स्थानीय नागरीकहरु उपचारका लागि , मित्रराष्ट भारतको खटीमा, लखनौउ, बरेली, डडेल्धुरा सदरमुकाम, धनगडी, नेपालगञ्ज, महेन्द्रनगर र काठमाण्डौं धाउने गरेका छन ।
परशुराम नगरपालिकामा जोगबुडा अस्पतालले दिने स्वास्थय सेवामा परशुराम पोलिक्लिनीकले टेवा दिने परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले वताए । पोलिक्लिनिकले एक्सरे, युएसजि, भिडियोएक्सरे, ईसिजी, प्रयोगशाला, अक्सीजन, जनरलसर्जन सेवा, नेवुलाईजर सेवा ओपिडी र फारमेसी सेवा लागयत सबै खाले सेवा दिई रहेको प्रा.लि.का हाडजोर्नी बिशेसज्ञ डा.ईन्द्र शाहले जानकारी दिए ।
फागुन २९ गते देखी थप विशेसज्ञ डाक्टरको सेवा दिईन शाहले जानकारी दिए । औपचारीक रुपमा मंगलवार वाट पोलीक्लिनीक सुचारु भएको र गुणस्तरीय सेवा दीनेमा आफुहरु विश्वस्त रहेको कार्यक्रमका सहभागिहरुले सुभकामना दिदै आशा व्यक्त गरेका थिए ।
पोलीक्लिनीकका व्यवस्थापक कमलापति जोशीको अध्यक्षतामा परशुराम नगरपालिकका नगर प्रमुख भीम बहादु साउँदले रिवन काटेर क्लिनिकको बिधीवत उदघाटन गरेका हुन ।

bb

Leave A Reply

Your email address will not be published.