पदम जोरा,आलिताल
डडेल्धुराको आलिताल गाउँपालिका वडा.न. ४ घरेलु जाल्टुडामा आधारभूत स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले उद्घाटन गरेकाछन ।
वडा.न ४ को कार्यालयय नजीकै जाल्टुडामा केन्द्र बिधीवत उद्घाटन भएको हो । गाँउपालिकाको ३३ लाख बजेटमा समैजी कैलपाल निर्माण कम्पनीले र्निमाण जिम्मा लिएका थिायो ।
कम्पनीका प्रोप्राईटर मुकेश बोहराले ६ महिनामै भवन र्निमाण गरी शनिवार वडालाई हस्तारन्तरण गरेकाछन ।
गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले र्निमाण समपन्न भएको भवनको उद्घाटन गरेका हुन ।
आधारभुत स्वास्थ्य केन्द्र भवन र्निमाणका लागि स्थानीय लाल बहादुर बोहराले ३ रोपनी निः सुल्क जग्गादान दिएका थिए । वडाको स्वास्थ्य सेवामा सहज हुने भएकाले कसैको दवाफ, लोपमा नपरी स्वस्र्फुत जग्गादान गरेको बोहराले जानकारी गाउँघरन्यूज लाई बताए ।
वडा.न ४ का वडा अध्यक्ष चन्द्र देब बोहराको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङको प्रमुख आतिथ्यता एबम् गाउँपालिका उपाध्यक्ष ज्वला कुमारी बिष्ट बोगटी र नेपाली कांग्रेसका आमन्त्रीत केन्दीय सदस्य जनक कलौनीको बिशिष्ठ आतिथ्यतामा औपचारीक कार्यक्रम सहित भवन उद्घाटन र हस्तान्तरण गरीएको हो ।
पाचँ कोठे भवनवाट आधारभूत स्वास्थ्य केन्द्र शनिवार वाटै सुरु भएको वडा अध्यक्ष चन्द्रदेब बोहराले बताए ।
भवन उद्घाटन तथा हसतान्तरण समारोहलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले गाउँपालिका वासीको ज्यानको सुरक्षाका लागि कुनै कसर बाकी नराखेको बताएका छन ।
गाउँपालिकाको वडा.न १ र २ माथिल्लो क्षेत्र र ४,५,६,७ ,८ तल्लो क्षेत्रमा छुट्टा÷छुट्टै २ वटा एम्बुलेन्स सेवा २४ सै घण्टा सुचारु रहेको ।
जनाको सेवा रहेको । ससै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु निर्मा(ा प्रकृयामा रहेको उनले बताए ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमण र सन्त्रासका वखत गाउँपालिकाले जनताको ज्यानको सुरक्षाका लगि कमखर्चमै स्वाव संकलन, क्वारेन्टीन, आईसोलेसन व्यवास्थापन खाद्य राहत सामग्री रुह जनतालाई सेवा दिएको उनले बताए ।
अझै स्वास्थ्य र शिक्षावाट गाउँपालिकाका कोही पनि नागरीक बन्चीत नहुने समेत अध्यक्ष गुरुङले प्रतिबद्वता गरे ।
